www.tandavnews.com
Fact ~ In search of truth

गुण्डा नाइकेको अगाडि लाचार पोखरा महानगर

पोखरा
ईश्वर देवकोटा/ताण्डव न्यूज

गुण्डा नाइके राजु गार्खालीकोे सुर्य दिल गु्रप इन्भेष्टमेन्ट कम्पनी प्रालिले महानगरको भवन आचार संहिता नियम विपरित पोखरा सस्तो बजार बनाएको छ ।

महानगर भित्र कुनै पनि अस्थायी वा स्थायी संरचना बनाउनु पूर्व नै सम्बन्धित महानगरपालिकाको भवन निर्माण आचार संहिता अनुरुप नक्सा पास गर्नुपर्ने हुन्छ ।

Batas

टिनको छाप्रोको अनुमति लिएको पोखरा सस्तो बजारले तीन तले पक्की भवन बनाई सक्दा पनि महानगरबाट कुनै पनि अनुगमन वा प्राविधिक टोलीले भवन निर्माण रोक्न निर्देशन दिएको छैन ।

महानगरपालिकाका मेयर, उप–मेयर, कार्यकारी, प्रशासकीय अधिकृत, ईन्जिनियरलाई सो कुरा थाहा भए पनि प्रक्रिया बाहिर गएर बनेको पोखरा सस्तो बजारको विषयमा कोहीले पनि आवाज उठाउन सकेका छैनन् ।

मेयर मानबहादुर जिसीलाई हामीले सम्पर्क गर्दा पोखरा सस्तो बजारले महानगरबाट अनुमति नलिइकनै तीन तले पक्की भवन बनाएको स्विकार गरे । निरिक्षण महाशाखाका प्रमुख वसन्त चालिसेलाई अनुगमन गर्न निर्देशन दिएको मेयरले बताए । उनले भने, ‘प्रकृयामा नै आउन नचाहने भवनलाई स्थानीय तह संचालन ऐन अनुसार कार्वाही गरिने छ ।’

हामीले निरिक्षण महाशाखा प्रमुख वसन्त चालिसेलाई सम्पर्क गर्दा मोबाइल अफ थियो । कार्यालयमा सम्पर्क गर्दा आज (मंगलबार) बिदामा बसेको जानकारी आयो ।

पोखरा सस्तो बजारले महानगरबाट लिनुपर्ने स्थायी संचरना भवनको अनुमति लिएको छैन । महानगरलाई अटेर गर्दै बनाइएको भवनको संरचना नै प्राविधिक रुपमा गलत रहेको महानगरका एक इन्जिनियरले नाम नबताउने सर्तमा बताए । ‘टिन माथि ढलान गरिएको छ, जुन प्राविधिक रुपमै त्रुटि छ,’ उनले भने, ‘खासमा यत्रो विवाद आएपछि महानगरले तुरुन्तै बन्द गरेर संचालकलाई कानुनी दायरामा ल्याउनुपर्ने हो ।’

महानगरका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले पोखरा सस्तो बजारको स्थायी भवन नक्सा पास प्रकृयामा रहेको भन्दै गुण्डाको पक्ष लिए । उनले भने, ‘प्राविधिक पक्षले गर्दा महानगरमै फाइल रोकिएको छ ।’

पोखरा सस्तो बजार नक्सा पासका लागि हालसम्म पनि महानगरमा नगएको जानकारी ईन्जिनियर अमिर भण्डारीले दिए । ‘नक्सा पासका लागि महानगरमा आए पनि प्राविधिक पक्षले त्रुटि देखिएको छ भने भवनको नक्सा पास हुँदैन’ उनले भने ।

भवन गलत डिजाइनमा बनेको छ । टिनको छाना माथि ढलान गरेर तीन तले बनाईएको छ ? भन्ने हाम्रो प्रश्नमा भण्डारीले स्थानीय तह संचालन ऐन अनुसार कार्वाही हुने जनाए । त्यो भनेको अन्तत भवन भत्काउने नै हो ।

 

यो पनि पढ्नुहोस्

गुण्डा नाइकेको आडमा अनुमतिबिना तला थप्दै ‘पोखरा सस्तो बजार’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.