www.tandavnews.com
Fact ~ In search of truth

स्थानीयद्वारा मनिपाल अस्पताल खुलाउन माग

पोखरा
ताण्डव न्यूज ।

कार्यरत कर्मचारीको आन्दोलनको कारण दुई दिन देखि ठप्प मनिपाल शिक्षण अस्पतालको सबै सेवा खुलाउन स्थानीयले माग गरेका छन् ।

बुधबार फुलबारी क्लवले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै क्लवका अध्यक्ष हरिशचन्द्र बाँस्तोलाले स्वास्थ्य जस्तो अत्यावश्कीय सेवा अवरुद्ध हुँदा सर्वसाधारण जनता मारमा परेको बताए ।

Batas

‘कर्मचारी दोषी हुन भने प्रशासनले कारवाही गरोस्,’ उनले भने, ‘कर्मचारी माथि अस्पताल प्रशासनले यदि झुटा आरोप लगाएर बर्खास्त गरिएको हो भने कर्मचारीले कानुनी उपचारको बाटो रोजुन् ।’

सधैँको रस्साकस्सी र लफडाले वडा नम्बर–११, बासी आजित भईसकेको बताउँदै वार्ता र छलफलबाटै समाधान निकाल्न बाँस्तोलाले आह्वान गरे ।

अस्पताल निशर्त खुलाई विरामीको उपचारमा सहजीकरण गर्न क्लवले आज पत्र लेखी वडा कार्यालय ११ लाई अनुरोध गरेको थियो । तत्कालै वडा कार्यालयले अस्पताल सेवा सुचारु गर्न अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालयमा पत्र द्वारा अनुरोध गरेको थियो ।

‘स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्र भित्र हुने कुनै पनि आन्दोलनलाई निषेध गर्दै यथास्रिघ समस्या समाधान गर्न’ पत्रमा उल्लेख छ ।

मनिपाल प्रशासन र कर्मचारीको जुहारीले गर्दा निम्नस्तरका सर्वसाधारणले सधैं मार खेप्नु परेको पोखरा–११, वडाध्यक्ष मोहन प्रसाद बाँस्तोलाले जनाए । ‘कहिले कर्मचारीको, कहिले नर्सको, कहिले स्विपरको त कहिले डाक्टरको आन्दोलन,’ उनले भने, ‘यो वा त्यो बहानामा अस्पताल बन्द गर्न पाईदैन ।’

पत्रकार सम्मेलनमा भोलि देखि नै अस्पताल खुलाई सबै सेवा सुचारु गर्न सम्बद्ध सबैलाई गम्भीर हुन आग्रह गरिएको छ ।

सोमबार अस्पताल प्रशासनले कार्यरत ४ कर्मचारी निकालेको विरोधमा अखिल नेपाल स्वास्थ्य श्रमिक संघ मणिपाल, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपाल, मणिपाल स्वतन्त्र कर्मचारी युनियनको सयुक्त एक्येबद्धतामा आन्दोलनको कार्यक्रम जारी राखेको छ ।

दैनिक सयौं विरामीले सेवा लिईरहने अस्पतालमा आकस्मिक बाहेकका अन्य सेवा ठप्प हुँदा सर्वसाधारण विरामी मर्कामा परेका छन् ।

अस्पतालको फार्मेसीमा कार्यरत कर्मचारीहरु रमेश बोहरा, टेक बहादुर विक, निलकण्ठ भट्टराई, लेखा शाखामा कार्यरत अल्पना ठाकुरलाई अस्पताल फार्मेसीमा हिनामिना गरेको आरोपमा प्रशासनले पत्र काटी सेवाबाट हटाइएको जानकारी गराएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.