www.tandavnews.com
Fact ~ In search of truth

प्रेमको साक्षी फूल

बिनिता सुनार
पोखरा, ताण्डव न्यूज ।

हुनत प्रेम गर्नेहरुको लागि कुनै दिवस पर्खनु पर्दैन् । तर पनि फेब्रअरी महिनालाई प्रेम गर्नेहरुको महिना मानिन्छ । ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस । फेब्रअरी ७ ‘रोज डे’ बाट सुरु हुने दिवस १४ फेब्रअरी सम्म विभिन्न डे अनुसार मनाइन्छ । फेब्रअरी महिना भनेको आफूलाई मन परेका युवा–युवतीहरुले माया साटासाट गर्ने महिना हो भन्दा फरक नपर्ला ।

‘भ्यालेन्टाइन डे’ आउन केहि दिन अघिबाटै बजारमा गुलाबका फूल एवं विभिन्न प्रकारका सजावट गिफ्टहरुले झिलिमिली देखिन्छ । ‘भ्यालेन्टाइन डे’ लाई नै फोकस गरेर बर्षेनी धेरै गुलाबका फूलहरु आयत हुने गर्छन् ।

Batas

आर्चिस ग्यालगरीका संञ्चालक शंखर पराजुलीले युवायुवतीको पर्वजस्तो भ्यालेन्टाइन डेको लागि विभिन्न आकर्षण सामानहरु बढी विक्री हुने बताउँछन् । ‘अरु समयमा भन्दा प्रेम दिवसमा हार्ट सेप भएका सामानहरुले खुबै राम्रो बजार पाउँछ,’ उनले भने, ‘रातो रंङ्गमा गुलाब देखि लिएर विभिन्न कार्डहरु किन्न आउनेको संख्या बढ्दो देखिन्छ ।’

यसअवसरमा बजारमा फूलको डिमान्ड बढ्ने उनको अनुभव छ । ‘पहिलाको बर्षमा २० देखि ३० हजारको फूलमात्र ल्याएको थिएँ,’ उनले भने, ‘अहिलेको त्यसको भन्दा दोब्बर नै मगाउनु पर्ने भएको छ । त्यस समयमा प्लाष्टिकले बनाएको गुलाबको फूलले पनि राम्रो बजार लिन्छ ।’

गिफ्ट किन्नेको क्रेज

अघि पछिको समयमा भन्दा ‘भ्यालेन्टाइन डे’ मा गिफ्ट किन्न आउनेको छुट्टै खालको भीड देखिन्छ । त्यसमा पनि टिनएजका युवा युवतीहरु बढी देखिन्छन् । भ्यालेन्टाइन डे मा रातो रंङ्गका गुलाब र विभिन्न नयाँ डिजाइनका सामानहरु विशेष गरेर प्रयोगमा आउने गर्छ । यस बर्ष पनि हार्ट सेप भएका गुडिया, कपल सेपको गुडिया, स्टयाचु, कार्ड, क्यानडल, र्फेम आदि सामानहरुको बिक्रि हुन्छन् ।

प्रेम दिवसकै लागि भनेर थुप्रै नयाँ–नयाँ डिजाइनका गिफ्टहरु आयात हुन्छन् । नेपालमा पनि भ्यालेन्टाइन डे हरेक बर्ष भव्य रुपमा मनाइउँदै आएको देखिन्छ । त्यसमा पनि कृतिम गुलाबका फूलसँगै विभिन्न डिजिटल कार्ड, वीइन च्याम, ह्याप्पी भ्यालेन्टाइन डे लेखेका कपसेटहरु बजारमा भित्रिएका छन् । आजभोलि त कपसेटमा कपल फोटो छापेर गिफ्ट दिने चलन पनि खुबै बढ्दो देखिन्छ ।

एकअर्काेसँग संगै बसेको फाटोलाई डिजाइन गरेर कपमा छापेर सरप्राइज दिनेको समूहहरु पनि बाक्लै रहेका छन् । त्यसबाट पनि माया गर्ने जोडिहरु एकअर्काेमा माया साटासाट गर्छन् ।

आफूलाई मन परेको व्यक्तिलाई प्रपोज गर्ने ‘भ्यालेन्टाइन डे’ नै पर्खिन परेको लामाचौरका सञ्जय बरालले बताउँछन् । ‘आजभन्दा ३ बर्ष अगाडि भ्यालेन्टाइन डे मा नै मैले प्रोपेज गरेको थिएँ,’ उनले हाँस्दै भने, ‘मायाको लागि माया गर्ने समयको पनि जरुरी हुने रैछ ।’ मैले उसलाई चकटेलसँगै गुलाबको फूल दिएर मायाको इजहार गरेको थिए । आज हामीसँगै छौ, सायद त्यो दिन आटँ नगरेको भएसँगै हुदैन्थ्यौ होला,’ उनले भने ।

चकलेट डे

‘भ्यालेन्टाइन डे¬’ मा चकलेटको पनि यतिकै राम्रो व्यापार हुने गर्छ । भनिन्छ नि, केहि राम्रो काम गर्नु अघि केहि मिठो खानेकुरा खानुपर्छ भनेर । त्यसैले पनि फेब्रअरी ९ लाई ‘चकलेट डे’ भनेर मनाइन्छ । त्यस दिनमा चकलेट व्यापारको पनि राम्रो आम्दानी हुने गरेको व्यापारीहरु बताउँछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.