www.tandavnews.com
Fact ~ In search of truth

उत्पादनमुखी बजेट आजको आवश्यकता

पोखरा।

प्रनिनिधिसभाअन्तर्गतको अर्थ समितिद्वारा आज यहाँ आयोजित पूर्व बजेट छलफलमा उत्पादनमुखी बजेट वर्तमानको आवश्यकता भएकोमा जोड दिइएको छ । बजेट उत्पादनमुखी हुन नसक्दा त्यसको प्रतिफल अपेक्षाअनुरुप हुन नसक्ने बताउँदै कार्यक्रमका वक्ताले ‘सुखी नेपाली समृद्ध नेपाल’को लक्ष्य प्राप्त गर्न पनि उत्पादनलाई जोड दिनुपर्ने धारणा राखे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भौगोलिकताका आधारमा बजेट विनियोजन हुनुपर्नेमा जोड दिँदै स्थानीय एवं प्रदेशको आवश्यकताअनुरुप बजेट आउनुपर्ने बताए । समृद्धि र विकासका लागि कृषि, पर्यटन, ऊर्जा, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्र प्राथमिकतामा पर्नुपर्ने धारणा राख्दै उनले उत्पादन लक्षित बजेटले मात्र जनताका अपेक्षा पूरा गर्ने बताए । प्रदेशको सम्भावनाका आधारमा विकासका योजना अघि सार्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गर्नुपर्ने बताए ।

wardno4
Mahanagar add

समितिका सदस्य एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समाजलाई विकासका मार्गमा अघि बढाउने किसिमको बजेट वर्तमानको आवश्यकता भएको बताए । उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्दै लक्षित आर्थिक उपलब्धि हासिल गर्नेतर्फ बजेट केन्द्रित हुनुुपर्ने उनले बताए । राजश्वको सङ्कलन एवं त्यसको परिचालन प्रभावकारी बनाउँदै उत्पादनका माध्ययमबाट रोजकारी सिर्जना गर्नुपर्ने उल्लेख गर्दै उनले कृषिको आधुनिकीकरण एवं यान्त्रिकीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

कार्यक्रम संयोजक एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले संविधानले व्यवस्था गरेअनुरुप जेठ १५ मा सङ्घीय बजेट ल्याउने पूर्वतयारी स्वरुप सुझावका लागि छलफल राखिएको जानकारी दिए । सातवटै प्रदेशमा यस किसिमका छलफल भएको बताउँदै उहाँले प्राप्त सुझावलाई प्रतिवेदनका रूपमा सरकारलाई बुझाइने बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रसम्बद्ध संस्था, स्थानीय तहका प्रमुख एवं प्रतिनिधिलगायतले आगामी बजेटमा समावेश गर्नुपर्ने विषयमा आ–आफ्ना सुझाव व्यक्त गरेका थिए। अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्य जयकुमार राईलगायतले लोकप्रिय र जनमुखी बजेट ल्याउन सरकारलाई निर्देशन दिइने जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...