www.tandavnews.com
Fact ~ In search of truth

एएफसीमा नेपालको प्रतिनिधित्व गर्दै मनाङ

 

काठमाडौँ ।

जारी ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेसँगै मनाङ मस्र्याङ्दी क्लबले एशियाली फुटबल महासङ्घ (एएफसी) कप फुटबलमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ ।

लिग जित्ने टोलीले एएफसीमा सहभागिता जनाउने प्रावधानअनुसार नेपालको प्रतिनिधित्व गर्दै मनाङले उक्त प्रतियोगितामा सहभागिता जनाउने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । उक्त प्रतियोगितामा नेपालबाट अघिल्लो पटक थ्रीस्टारले प्रतिस्पर्धा गरेको थियो ।

मनाङले हिजो सङ्कटा क्लबलाई ३–१ ले हराउँदै उपाधि जितेको थियो । दुई खेल अगावै उपाधि जितेको मनाङले लिगमा कीर्तिमानी आठौँ पटक कब्जा समेत जमाएको हो ।एएफसी कप फुटबलको समूह चरणमा मनाङ समूह ‘इ’ मा रहेको छ । एशियन फुटबल फेडेरेसन एएफसीले गत महीना नै समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको थियो ।

एएफसीले निकालेको ड्र अनुसार नेपालको ’ए’ डिभिजन लिग विजेता मनाङ समूह ‘इ’ मा परेको हो । यस समूहमा भारत, बङ्गलादेश र प्ले अफबाट आएको एक टोलीले प्रतिस्पर्धा गर्नेछन् ।भारतबाट भने मिनर्वा पन्जाबले खेल्ने छ । यस्तै बङ्गलादेशबाट ढाका अबाहानीले खेल्नेछ ।

प्ले अफबाट आउने एक टोलीको भने तय भएको छैन । समूह चरणको खेल आगामी अप्रिलमा युएइमा शुरु हुनेछ । एएफसी कपमा एशियाका हरेक राष्ट्रको शीर्ष डिभिजनको लिग च्याम्पियनले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा २४ राष्ट्रले सहभागी जनाउनेछन् । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...