www.tandavnews.com
Fact ~ In search of truth

एशियाली कृषि सम्मेलन साउन २६ मा

काठमाडौं ।

Mahanagar add

नेपालमा एशियाली कृषकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा युवा जमातलाई आकर्षित गर्ने उद्देश्यले सो सम्मेलन हुनलागेको आयोजकले जनाएको छ ।

आगामी साउन २६ देखि २८ सम्म ललितपुरमा आयोजना हुने उक्त सम्मेलनमा १२५ भन्दा बढी कृषक, उद्यमी तथा कृषि व्यवसायीको उपस्थिति रहने आयोजक संस्था फोर एच नेपालका संयोजक लोकराज अवस्थीले जानकारी दिए ।

सम्मेलनमा नेपालका १० उत्कृष्ट कृषक तथा कृषि व्यवसायीलाई पुरस्कृत गरिनेछ ।

फरक–फरक छ विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरिनुका साथै कृषि वस्तुको विश्वबजारीकरणमा एशिया, कृषिमा नयाँ प्रविधिको प्रयोग तथा कृषिको गुणस्तरीय उत्पादन र बजारीकरण तथा कृषिनीतिमा खुला छलफल हुनेछ ।

सम्मेलनमा कृषि योग, कृषि थेरापी तथा अरु विभिन्न क्रियाकलाप सञ्चालन गरिने आयोजकले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...