www.tandavnews.com
Fact ~ In search of truth

करारमा कर्मचारी नियुक्ति गर्न नहुनेः काँग्रेस नेता पौडेल

विराटनगर ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले करारमा कर्मचारी नियुक्ति गर्न नहुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, “लोकसेवा आयोगले गर्न लागेको कर्मचारी भर्ना प्रक्रिया अदालतमा पुगेकाले त्यसको निर्णय सबैले मान्नुपर्छ ।वरिष्ठ नेता पौडेलले निष्पक्ष र स्वतन्त्र ढङ्गले कर्मचारी छनोट गर्ने प्रक्रिया लोकसेवा आयोगले गर्न पाउनुपर्नेमा जोड दिँदै राज्य व्यवस्था तथा सुशासन समितिले करारमा नियुक्ति गर्न दिनुपर्ने निर्णय सही नभएको टिप्पणी गरे ।

wardno4
Mahanagar add

एक प्रश्नको जवाफमा नेता पौडेलले पार्टीको महाधिवेशन समयमा गर्न आफूले पहिलेदेखि नै आग्रह गरिरहेको उल्लेख गर्दै महाधिवेशनको मिति एक वर्ष सारिए निर्वाचनमा प्रभाव पर्ने र पार्टीलाई नोक्सानी हुने स्पष्ट पारे ।

भारतमा एस जयशंकर विदेशमन्त्री नियुक्त भएको बारेमा सोधिएको प्रश्नमा नेता पौडेलले नेपाल स्वतन्त्र राष्ट्र रहेको र हामीले आफ्नो निर्णय आफै गर्न सक्ने भएकाले विदेश मन्त्री नियुक्तिले नेपाल र भारतको सम्बन्धमा कुनै असर नपर्ने धारणा व्यक्त गरे । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...