www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस जिल्ला कोषाध्यक्षहरुको तेस्रो सम्मेलन चैत २८ र २९ गते पोखरामा

पोखरा ,
ताण्डव न्यूज ।

कांग्रेसका जिल्ला कोषाध्यक्षहरूको तेस्रो राष्ट्रिय सम्मेलन चैत २८ र २९ मा पोखरामा हुने भएको छ ।

पार्टीको आन्तरिक विवाद, संगठन, महासमितिमा पारित एजेन्डा लगायतका विषयमा छलफल हुने बताइएको छ।

सम्मेलनमा गुट उपगुट अन्त्य, पार्टी बलियो बनाउनका लागि देशभर कार्यकर्ता परिचालन, नियमित लेबीलाई व्यवस्थित, सरकारका गलत क्रियाकलापको भण्डाफोरबारे छलफल हुने जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले जानकारी गराए।

उद्घाटन सत्रलाई पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष तहका नेताहरुले सम्बोधन गर्ने बताइएको छ। २९ गते पोखरा घोषणा पत्र जारी गर्दै समापन गरिने पुडासैनीले जानकारी गराए।

जिल्ला कोषाध्यक्षहरु ७५ जिल्लामा मात्रै रहेका छन्। कांग्रेसको विधानमा कोषाध्यक्षको राष्ट्रिय सम्मेलनको व्यवस्था नभए पनि पार्टीलाई सुझाव दिन राष्ट्रिय सम्मेलन हुने गरेको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...