www.tandavnews.com
Fact ~ In search of truth

कैलाशको सहकार्यमा स्वास्थ्य शिबिर

पोखरा ।

कैलाश विकास बैंक र सिरहाली सेवा समाज नेपाल काठमण्डौको सहकार्यमा सिरहामा दुईदिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

सिरहा जिल्लाको कल्याणपुर नगरपालिका १२ स्थित बिष्णुचरण श्रेष्ठ मा.बि. को प्राङ्गणमा माघ १९ गते शनिबार र सिरहा नगरपालिका वडा नं. १ हाटबजार, दुर्गा मन्दिरको प्राङ्गणमा माघ २० गते आइतबार गरि दुईदिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो ।

२७ जना स्वास्थकर्मी सहितको टोली संलग्न उक्त स्वास्थ्य शिबिरमा करिब ३००० जना सर्बसाधारणले आफ्नो स्वास्थ्य परीक्षण गराई लाभान्वित भएको बताइएको छ । सो अबसरमा बिरामीहरुलाई आवश्यक औषधि पनि निःशुल्क बितरण गरिएको थियो । बैकले आगामि दिनहरुमा अन्य सामाजिक सेवाका कार्यहरु पनि गर्दै जाने कैलाश विकास बैकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...