www.tandavnews.com
Fact ~ In search of truth

खै त गाउँ ?

नेपालको प्राकृतिक सौन्दर्य एउटा चुम्बक हो । जुन चुम्बकले पर्यटकहरुलाई नेपाल आउन आकर्षित गरिरहन्छ ।तीनै सौन्दर्यलाई चिहाउन पछिल्लो क्रममा बाह्य मात्र नभईआन्तरिक पर्यटकहरुको संख्यापनि बढ्दै गएको छ ।

सन् १९५३ मा एडमण्ड हिलारी र तेन्जिङ नोरगेले पहिलोपटक सगरमाथा चढेपछि नेपालमा पर्यटनको विकास भएको मानिन्छ । पर्यटनको विकाससँगै गाउँ पर्यटनको पनि विकास हँुदै गयो । विभिन्न ठाउँमा नयाँ पदमार्गहरुको खोजी भयो ।गाउँको स्वाद चाख्दै प्रकृतिको काखमा रमाउने पर्यटकहरुको संख्या बढ्दै गयो । सन् २०१८ मा मात्र ११ लाख पर्यटक नेपाल भित्रिएको रेकर्ड छ ।

शहर केन्द्रित पर्यटन भन्दागाउँ केन्द्रित पर्यटन गतिविधि बढ्दै गएको छ । किनभने गाउँ प्राकृतिक सौन्दर्यताले भरिपुर्ण हुन्छ । गाउँ पर्यटनसँगै गाउँमा विकासको योजनाहरु बनेका छन् । गाउँघरमा बाटोघाटो, बिजुली, धारा, विद्यालय, स्वास्थ्य चौकीको विकाससँगै त्यहाँको जनजीवन विस्तारै सुधारिदै गएको छ । शहर त शहर नै भयो तर गाउँघर पनि एडभान्स हँुदै गएको छ ।

विकासको योजनाहरुलेमाटोको घर कंक्रिटमा परिणत भएको छ । वनको उकाली ओराली गर्ने बाटो धुलाम्य बाटो बनेको छ । साझबिहान घरको चुलोबाट धुवा निस्कन छाडिसके, गाउँको चुलो अब सिलिण्डरमा फेरिएको छ । यो भन्दैमा गाउँमा विकासका पूर्वाधारहरुहुन नपाइने भन्ने होइन । सबै सेवासुविधा शहरमा बस्नेले मात्र पाउने भन्ने छैन । गाउँको विकाससँगै त्यहाँको सस्ंकृति, मौलिकताको पनि संरक्षण हुन जरुरी छ ।अहिलेगाउँ शहर जस्तै बन्ने धुनमा छ । शहर जस्तो त शहर नै छ,सबै सेवासुविधा भएपनि

गाउँ, गाउँ नै भइरहन नमिल्ला र ?

बाटो पनि नपुगेको गाउँमा मान्छे विरामी भइहाल्यो भने के गर्छन् होला भन्ने खुल्दुली सानोमाहुन्थ्यो किनभने गाउँमा अस्पताल जान नपाएकै कारण ज्यान गुमाउनेहरुको संख्या धेरै नै हुन्थ्यो । अहिले गाउँघरहरुमा अस्पताल पुगेका छन्, बाटोघाटोको सुविधा छ, घरको आगनमा नै गाडी पुग्छ । विकासका योजनाहरु गाउँमा त पुगे तर त्यहाँको स्थानीयपनभने लोप भएको छ ।

Mahanagar add

जुन कारणले गाउँलाई गाउँ बनाएको थियो त्यही कारण नै हराउदै गएका छन् । पुनहिल ट्रेक जाँदा अनुभव यस्तै थियो। पुनहिलबाट देखिने सूर्योदयदेखि हिमालकोे सुन्दरता देखेर लोभिनेहरु धेरै छन् ।तर ट्रेकमागाउँ घरको बस्ती भेटिन नै गाह््रोे । गाउँमा आएजस्तो अनुभव नभई म पोखराकै कुनै व्यस्त ठाउँमा छु जस्तो अनुभव भएको थियो । पर्यटकहरुको चहल पहल त थियो नै साथै प्रत्येक घरमा होटल थियो । एक घर, एक होटलको नारा भन्न सुहाउथ्यो ।

गाउँबस्ती, खेतीपातीजस्ता गाउँघरको दृश्य फेला पार्न सकिएको थिएन । होटलमा पाइने तरकारीदेखि अन्य खाने कुराहरु पनि बजारबाट नै ल्याइएको थियो ।गाउँको आफनै स्थानीय खान्कीहरुभने भेटिएन ।राम्रो पक्ष भनेको यसबाट त्यहाँ जनजीवन उकासिएको थियो । होटलहरु प्रायजसो विदेशी पर्यटकमुखी मात्र थिए । जस्तो कि बाह्य पर्यटक र आन्तरिक पर्यटकलाई गर्ने व्यवहार फरक थिए । सायद डलर र रुपैयाँको भिन्नताले व्यवहारमा पनि फरक पार्छ ।

परीक्षामा शहर र गाउँवीच कुन ठीक, आफनो मत राख भन्ने प्रश्नको उत्तरमा म सधै गाउँ नै रोज्थे । म त्यसमा लेख्ने गर्थे कि गाउँमा मेलमिलाप हुन्छ,सहयोगी भावना हुन्छ जस्ता कुराहरु लेख्थे । शहरका मान्छे स्वार्थी हुन्छन्, झगड गर्छन् भनेर पनि थप्थे । तर अहिले लेख्नुपर्दा म गाउँ र शहरमा कुनै भिन्नता देख्दिन । गाउँ पनि शहर जस्तै व्यस्त भएको छ, शहर जस्तै पैसामुखी बन्दै गएको छ ।

गाउँघरको विकास हुनु राम्रो हो तर त्यहाँको मौलिकता हराउँदै जानु दुखद हो । गाउँको मौैलिकताबाचिँरहे मात्र गाउँबाचिरहन्छ र गाउँ बाचिरहे हाम्रो इतिहास ।

saathidurga@gmail.com

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...