www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा ९० किलो गाँजा बरामद,गाँजा बोक्ने फरार

मुग्लिन।

चितवनमा प्रहरीले ९० किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यको नेतृत्वमा खटिएको टोलीले पूर्वी चितवनको राप्ती नगरपालिका–१२ परखाल भन्ने ठाउँबाट गाँजा बरामद गरेको हो ।

विशेष सुराकीका आधारमा सो परिमाणको गाँजा बरामद गरिएको प्रहरी निरीक्षक आचार्यले बताए । गाँजा बोक्ने भने फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको निरीक्षक अचार्यले जानकारी दिए । इलाका प्रहरी कार्यालय भण्डाराले गाँजा तस्करविरुद्धको अभियानलाई जारी राखेको छ । गएको वैैशाखदेखि अहिलेसम्म विभिन्न समयमा ३५० केजी गाँजा बरामद गरी नष्ट गरिएको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए ।

wardno4
Mahanagar add

यसअघि राप्ती नगरपालिका–२ हुमपुङ भन्ने स्थानबाट पानी ट्याङ्कीभित्र लुकाइछिपाइ राखेको अवस्थामा गाँजा भेटिएको थियो । प्रहरीको सक्रियता बढेपछि तस्कर गर्न नसकेपछि गाँजा त्यसै छोडेर जाने गरेको निरीक्षक आचार्यले बताए ।

आचार्यका अनुसार धादिङ र मकवानपुरको सिमाना पर्ने विकट बस्तीमा लुकीछिपी गाँजा खेती तथा तस्कर बढी हुन्छन् । विकट बस्तीका कारण प्रहरीको पहुँच कम हुने यस ठाउँमा तस्करले गाँजाखेती गर्न लगाउने गरेको निरीक्षक आचार्यको भनाइ छ ।

प्रहरीले गाँजा फँडानी गर्ने र लुकाइछिपाइ राखेकोलाई खोजी गरी नष्ट गर्ने अभियानलाई तीव्रता दिएको छ । पछिल्लो समय स्थानीयले पनि खबर गरी प्रहरीलाई जानकारी दिने गरेका कारण अभियान सार्थक बन्दै गएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...