www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा छ्याप्छ्याप्ती ज्यानमारा औषधी

अर्जुन गिरी
ताण्डव न्यूज ।

पैसा कमाउनका लागि केही आयुर्वेद फार्मेसी र पूजा पसलले ज्यानमारा औषधी बेच्ने गरेको ताण्डवले प्रमाण फेला पारेको छ ।

भारतबाट आउने ‘चन्दा’नामको औषधी जुन नेपालमा प्रतिबन्धित छ । तर यहाँ यो औषधी छ्यापछ्याप्ती पाइन्छ । आयुर्वेदका डाक्टर तथा वैद्यले यो सिफारिस गर्ने भएकोले यसको माग बढेको हो ।

Batas

विशेष गरी घुँडा दुखेका, वाथ, युरिक एसिड भएका, ढाड दुखेका, घुँडा दुखेका तथा हड्डी दुखेकाले यो औषधी सेवन गरे अति उत्तम हुने भन्दै बेच्ने गरेका छन् ।

यसरी बेच्ने मानिरा आयुर्वेद फार्मेसी पोखरा–८ सभागृहचोक, सपना आयुर्वेद हस्पितल प्रा.लि., सरु भट्टराई पूजा सामग्री भण्डार बगर–१ भीमकालीपाटन, भट्टराई पूजा सामग्री भण्डार–१ बगरले औषधी बेच्ने गरेको स–प्रमाण खुलासा भएको छ ।

‘चन्दा’ नामक औषधीले पेन किलरको काम गर्छ तर स्वास्थ्यको लागि घातक छ । ‘चन्दा’ले किड्नीमा असर पर्नुका साथै, प्रेसर र सुगर समेत बढाउने काम गर्छ । ‘दर्द निवारक गोली’ लेखिएको यो औषधी भारतमा २० देखि ५० रुपैयाँ आइसीसम्म पाइन्छ जुन पोखरामा मनपरी मूल्यमा बेचेको पाइन्छ ।

भट्टराई पूजा सामग्रीले वाथको औषधी भनेर ५ वटा प्याकेट ७ सय ५० रुपैयाँमा, सरु भट्टराई पूजा सामग्रीले १ वटा ३ सय रुपैयाँमा, निरा आयुर्वेद फार्मेसीले १ प्याकेट २ सयमा र सपना आयुर्वेदले २ वटा ५ सय रुपैयाँमा बेचेको पाइयो । यिनीहरुले यो औषधी भारतमा पूजा सामग्री किन्न जाँदा ल्याउने गर्छन् । पोखरामा अधिकांश आयुर्वेद फार्मेसी र पूजा पसलले ‘चन्दा’औषधी बेच्छन् ।

यस विषयमा औषधी व्यवस्था विभाग आयुर्वेद विभाग प्रमुख प्रकाश ज्ञवालीले चन्दा नामक औषधी प्रतिबन्धित रहेकाले यसको विक्री वितरण गर्ने फार्मेसीलाई सिलबन्दी गरिने बताए ।

‘यस्ता संस्थालाई बन्द गछा’ैं उनले भने‘बेच्ने व्यक्तिलाई ३ महिनासम्म जेल सजाय र २५ हजार जरिवाना लाग्नेछ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.