www.tandavnews.com
Fact ~ In search of truth

टी–ट्वान्टी सिरिजःभोली नेपालले जिम्बावेसँग खेल्ने

काठमाडौं ।

Mahanagar add

सिङ्गापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले मङ्गलबार जिम्बावेसँग दोस्रो खेल खेल्ने भएको छ ।

सिङ्गापुरस्थित इन्डियन एसोसिएशनको मैदानमा हुने उक्त खेलमा नेपालले जीत हासिल गर्ने उद्देश्यका साथ टेष्ट राष्ट्र जिम्बावेविरुद्व मैदानमा उत्रनेछ । खेल नेपाली समयअनुसार साँझ ५ः१५ बजे हुनेछ । उक्त सिरिजअन्तर्गत यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल जिम्बावेसँग पाँच विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै सिङ्गापुरलाई नौ विकेटले पराजित गरेको थियो । सिरिजमा प्रतिस्पर्धा गरिरहेका नेपाकल, जिम्बावे र आयोजक सिङ्गापुरले समान दुई–दुई अङ्क जोडेका छन् । गएराति सम्पन्न खेलमा जिम्बावे सिङ्गापुरसँग पराजित भएको छ ।

सिङ्गापुरले जिम्बावेलाई चार रनले पराजित गरेको हो । अङ्क तालिकामा नेपाल रन रेटको आधारमा शीर्ष स्थानमा छ । जिम्बावे दोस्रो तथा सिङ्गापुर तेस्रो स्थानमा छ । डबल राउन्ड रोबिनका आधारमा खेलाइएको उक्त सिरिजको शीर्ष टोलीले उपाधि जित्नेछ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...