www.tandavnews.com
Fact ~ In search of truth

टेलिकमको फाइबर सेवा शुरु

काठमाडौँ  ।

नेपाल टेलिकमले वितरण गरिरहेको घरसम्म फाइबर अर्थात् (एफटिटीएच) सेवाअन्तर्गत इन्टरनेट सेवाको साथै आइपी प्रविधिमार्फत चल्ने ‘भ्वाइस टेलिफोन’ सेवा शुरु गरेको छ ।

सेवा आरम्भको अवसरमा २०७५ साउन १० गतेदेखि तीन महिनाका लागि व्यावसायिक प्रवद्र्धन गर्न कम्पनीको सञ्जालभित्र भ्वाइस सेवा निःशुल्क गरिएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।

आइपी प्रविधिअन्तर्गतको एफटिटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटाका साथै सोही फाइबरबाट ‘भ्वाइस’ सेवासमेत उपलब्ध हुन्छ । यसका लागि ग्राहकलाई नयाँ नम्बर प्रदान गरिन्छ ।

हाल यो सेवा एफटिटीएच वितरण भइरहेका स्थानमा डाटाका साथ उपलब्ध गराइएको छ । बाँकी स्थानमा पनि एफटिटीएच विस्तारसँगै क्रमशः उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

हाल उपत्यकाको कीर्तिपुर, सैंबु, गोँगबु, गोठाटार, दरबारमार्ग, ठमेल, हात्तीसार, जावलाखेल, लगनखेल, कलंकी र उपत्यका बाहिर भरतपुर राजमार्ग क्षेत्र, बुटवल, वीरगञ्ज तथा पोखरा लेकसाइड क्षेत्रमा यो सेवा उपलब्ध छ ।

टेलिकमले मुलुकभर उच्च गतिको डाटा सेवा उपलब्ध गराउने योजनाअनुरुप फाइबरबाट उच्च गतिको एफटिटीएच सेवा वितरण शुरु गरेको हो । कम्पनीले एफटिटीएच सेवा बृहत्रुपमा विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ ।

परम्परागत कपर नेटवर्कको सट्टामा ग्राहकको घरसम्म अप्टिकल फाइबर पु¥याई आवाज, उच्च गतिको इन्टरनेट, दृश्य सेवा प्रदान गर्न सकिने भएकाले यसलाई प्रभावकारी मानिएको छ ।

ग्राहकमाझ सस्तो तथा सुलभ दरमा एफटिटीएच सेवा उपलब्ध गराउन हाल वर्षाद् योजना (मनसुन अफर) अन्तर्गत विभिन्न प्याकेजका रुपमा सहुलियतपूर्ण महसुलमा सेवा उपलब्ध गराइएको छ ।

व्यक्तिगत र कर्पोरेट ग्राहकका लागि फरकफरक महसुल दर निर्धारण गरिएको टेलिकमले जनाएको छ । -रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...