www.tandavnews.com
Fact ~ In search of truth

थाइल्याण्डमा पहिलो आदिबासी जनजाति चलचित्र अवार्ड भदौ २७ गते

पोखरा ।

Mahanagar add

आदिबासी जनजाति समुदायमा पर्ने विभिन्न भाषा तथा जाति विशेषका चलचित्रहरुको अवार्ड कार्यक्रम हुने भएको छ ।

हुकुम मल्टिमिडियाले थाइल्याण्डमा आदिबासी जनजाति फिल्म अवार्ड गर्न लागेको पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो ।आयोजकको दाबी अनुसार आदिबासी जनजाति समुदायभित्रका फिल्महरुको अवार्ड कार्यक्रम हुन लागेको पहिलोपटक हो ।

अवार्डको नाम ‘ज्योमो गांग फिल्म अवार्ड’ राखिएको छ । ‘यसअघि जाति विशेषका फिल्महरुको अवार्ड कार्यक्रमहरु भएपनि समस्त आदिबासी जनजाति समुदायलाई नै समेट्नेगरि फिल्मको अवार्ड कार्यक्रम हुन लागेको यो पहिलोपटक नै हो ।

त्यसैले यो एउटा ऐतिहासिक शुरुवात पनि हो ।’ पत्रकार सम्मेलनमा बोल्दै हुकुम मिडियाका संचालक डि.बि. बम्जनले बताए ।आदिबासी जनजातिमै पर्ने गुरुङ समुदायका चलचित्रहरुलाई लक्षित गर्दै अवार्डमा सहभागिताको आह्वान गर्न हुकुम मल्टिमिडिया पोखरा आएको हो । सोही अवसरमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

‘भाषिक तथा जातिय फिल्मका लागि गुरुङ फिल्म उद्योग नम्बर एक हो । त्यसैले यहाँका फिल्मकर्मीहरुको बाक्लो सहभागिता होस् भन्ने हामी चाहन्छौँ ।’बम्जनले भने–‘त्यसैले हामी पोखरासम्म आईपुगेर यहाँका फिल्मकर्मीहरुलाई अवार्डका लागि फिल्म दर्ता गराउन आह्वान समेत गरिरहेका छौँ ।’

भदौको २७ गते थाइल्याण्डको फुकेट शहरमा हुने अवार्ड कार्यक्रम विवादरहित बनाईने पनि आयोजकले दाबी गरेको छ ।पहिलोपटक गर्न लागेको यो कार्यक्रमलाई विवादरहित बनाउन दिग्गज र अनुभवी ‘जुरी मेम्बर’ छनौट गरिने आयोजकले बताएको छ ।

विभिन्न १७ वटा विधामा अवार्ड बाँडिने आयोजकले बताएको छ । प्रत्येक विधा अन्तरगत उत्कृष्ट ३ नोमिनेशनमा पर्ने फिल्मकर्मीहरुलाई कार्यक्रममा लैजाने आयोजकले बताएको छ ।थाइल्याण्ड जाने आउनेसँगै त्यहाँको बसोबास खर्च समेत आयोजकले नै व्यहोर्नेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...