www.tandavnews.com
Fact ~ In search of truth

नदीजन्य वस्तुको चोरी निकासी

 

म्याग्दी ।
बेनी नगरपालिका क्षेत्रका बगरबाट नदीजन्य वस्तुको चोरी निकासी भइरहेको छ । नगरपालिका र सरोकारवालाको बेवास्ताका कारण ठेक्का नलागेका बगरबाट अवैधरुपमा नदीजन्य वस्तुको उत्खनन् र चोरी निकासी भएको हो ।

बेनी नगरपालिका–२ बगरफाँट र ३ नं वडा भकिम्लीको दूधेखोला क्षेत्रमा पर्ने म्याग्दी नदीको किनारबाट ढुङ्गा, गिटी र बालुवाको अवैधरुपमा उत्खनन् र चोरी निकासी भएको जनाइएको छ ।

स्थानीय तहसँग सम्झौता गरी राजस्व तिरेर मात्र नदीजन्य वस्तुको उत्खनन् र निकासी गर्न पाइने नीतिगत व्यवस्था छ । ठेक्का नलागेका बगरबाट नदीजन्य वस्तुको उत्खनन् गर्नु अवैध भएको जनाइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बगरफाँट र दूधेखोलाको बगरमा नदीजन्य वस्तु उत्खनन् गर्न ठेक्का नलागेको बताए । ठेक्काविना नदीजन्य वस्तुको उत्खनन् गर्नेलाई कारवाही गरिने प्रशासकीय अधिकृत सुवेदीले बताए ।

जिल्ला अनुगमन समितिका संयोजकसमेत रहनुभएका जिसस प्रमुख देवेन्द्र केसीले नदीजन्य वस्तुको उत्खनन् र निकासीलाई व्यवस्थित तथा कानूनी दायरामा ल्याउन सुरक्षा निकाय र नगरपालिकासँग समन्वय गरेर अनुगमन गरिने बताए।

ठेक्का लगाइएका र उत्खनन् भइरहेका बगरको अनुगमन गर्न सहायक प्रजिअ लीलादेवी अर्यालको संयोजकत्वमा उपसमिति गठन भएको छ ।

अग्निखेत, डम्मरा र चुत्रेनीको बगर उत्खनन्का लागि टाकुर विकास विल्डर्सले नगरपालिकासँग १५ लाख ५० हजार रुपैयाँ कबोल गरेर ठेक्का लिएको थियो ।

जोगीगाडे, माथिल्लो चुत्रेनी, बगुवाखोला र सर्जनीको बगरका लागि विकास निर्माण सेवाले १४ लाख ७२ हजार ७ सय कबोल गरेर ठेक्का लिएको छ ।

उच्च अदालत बागलुङको परमादेशका कारण नगरपालिकाले कालिगण्डकीको बगरमा यस वर्ष ठेक्का लगाएको छैन ।

टाकुरा विल्डर्सका सञ्चालक कुवीरकुमार श्रेष्ठले कर नतिरिकन अवैधरुपमा नदीजन्य वस्तुको उत्खनन् र चोरी निकासी भएकाले बगर ठेक्कामा लिएका व्यवसायीलाई मर्का परेको गुनासो गरे । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...