www.tandavnews.com
Fact ~ In search of truth

नुवाकोटमा एण्टी स्नेक भेनम अभाव,सर्पले टोके काठमाडौँ पुग्नुपर्ने बाध्यता

नुवाकोट ।

नुवाकोटमा सर्पको डसाइबाट बच्नका लागि लगाइने खोप (एण्टी स्नेक भेनम)को अभाव भएको छ ।

सर्पले डसेपछि उपचारका लागि दिइने उक्त खोपको अभाव भएपछि सेवा लिन बिरामीलाई काठमाडौँ पुग्नुपर्ने बाध्यता बनेको छ ।

नुवाकोटमा विषालु सर्पको बसोबास नभएको सरकारी तथ्याङ्कका आधारमा केन्द्रबाट औषधि नपठाउँदा अभाव भएको जिल्ला अस्पताल त्रिशूलीका सूचना अधिकृत भुवनराज केसीले जानकारी दिए ।

उहाँका अनुसार अस्पतालमा सातामा नुवाकोटसहित छिमेकी जिल्ला रसुवा र धादिङबाट सर्पको डसाइबाट बिरामी भएका पाँच जनासम्म सेवा लिन आउने गरेका छन् ।

यहाँ औषधि नहुँदा उनीहरुलाई काठमाडौँ पठाउने गरिएको छ । “अन्य जिल्ला विशेष गरेर तराईबाट निर्माणका सामग्री ल्याउँदा विषालु सर्प भित्रिएको पाइएको छ”, केसीले भने, “केन्द्रबाट माग भएकाले केही मात्रामा भए पनि अर्को महीनादेखि आउने आशा राखेका छौँ ।”

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट औषधि ल्याएर जिल्ला अस्पतालसहित मुख्य–मुख्य स्वास्थ्य संस्थामा पठाउन तयारी मिलाइरहेको स्वास्थ्य कार्यालय नुवाकोका प्रमुख राममणि घिमिरेले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...