www.tandavnews.com
Fact ~ In search of truth

नेकपाको शपथ कार्यक्रममा तोडफोड, प्रदेश २ को छ जिल्लाको शपथ रोकियो

महोत्तरी ।

Mahanagar add

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नं २ का छ जिल्लाको शपथ कार्यक्रम रोकिएको छ ।

महोत्तरीको बर्दिवासमा महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा र सप्तरीसहित छ जिल्लाका लागि तय भएको शपथ कार्यक्रम पार्टीभित्रकै असन्तुष्ट पक्षको विरोधपछि स्थगित भएको हो ।

अन्तिम समयमा महोत्तरीसहित धनुषा, सर्लाही र रौतहट जिल्लाको शपथ कार्यक्रम स्थगित गरिए पनि सिरहा र सप्तरीको शपथ गराउने तयारी भइरहेका बेला झडप भएपछि कार्यक्रम अघि बढ्न नसकेको बताइएको छ ।

असन्तुष्ट पक्षले बर्दिवास सेवा समितिको सभा भवनमा कुर्सी तोडफोड गर्नुका साथै प्रदेश अध्यक्ष प्रभु साहलाई हातपात नै गरेपछि कार्यक्रमस्थल तनावग्रस्त बनेको छ ।प्रहरीले अध्यक्ष साहलाई सुरक्षित रुपमा बाहिर निकालेका छन् । प्रदेशका सचिव सुमनराज प्याकुर्याले सभा भवन बाहिरको नाराबाजीलाई अराजक भीड भएको बताएका छन्।

पूर्वएमाले र पूर्वमाओवादी केन्द्र एकीकरणको एक वर्षपछि गत साउनमा जिल्ला कमिटी समायोजन गरिँदा पार्टी विधानअनुसार मापदण्ड नबनाई केही नेताले आफूखुशी बनाएका जिल्ला कमिटी मान्य नहुने असन्तुष्ट पक्षले बताउँदै आएका छन् ।

मापदण्ड निर्धारण गरेर मात्र पार्टी कमिटी समायोजन गर्नुपर्नेमा केही नेताले आफुखुशी नाम राखेपछि असन्तुष्टि बढेको प्रदेश कमिटी सदस्य महोत्तरी भटौलियाका बासिन्दा विजय कर्णले बताए ।असन्तुष्ट पक्षले शपथ स्थगित गरी प्रदेश कमिटी सचिवालयले जिल्ला कमिटीमा समायोजन गरिनेहरुको आधार तयार गर्न मापदण्ड तय गर्नुपर्ने माग गरेका छन् । मापदण्ड तय नगरी बनाइएको जिल्ला कमिटीको शपथ हुन नदिने असन्तुष्ट पक्षको अडान छ ।

यता प्रदेश सचिव प्याकुर्यालले एकीकरणको क्रममा जिल्ला कमिटी समायोजन गरिदा केही तलमाथि परेको भए त्यसलाई सच्याउन पार्टी तयार रहेको स्पष्ट पारे । तर, सभाभवनमा कुर्सी तोडेर वा जिम्मेवार नेतालाई गालीगलौज गरेर निकास आउँछ भन्ने ठान्नु गलत हुने उनको भनाइ छ ।

अब पार्टीको उपल्लो निकायको निर्देशनमा के गर्ने निर्णय गरिने सचिव प्याकुर्यालले बताए। “दुवै अध्यक्ष र महासचिवसँग परामर्श गरिनेछ”, प्याकुर्यालले भने, “जे निर्देशन हुन्छ, त्यहीँ गरिन्छ ।”रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...