www.tandavnews.com
Fact ~ In search of truth

नेकपाको स्कुल विभागमा ईश्वर पोखरेल

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न ३३ केन्द्रीय विभागका प्रमुख तोकेको छ ।

पार्टी एकतापछि लामो समयसम्म टुङ्गिन नसकेको सो विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले टुङ्गो लगाएको हो । बैठकले चर्चामा रहेको स्कूल विभागका प्रमुखमा उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेललाई जिम्मेवारी दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसैगरी बैठकले विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधवकुमार नेपाल तथा उपप्रमुखमा राम कार्की, सङ्गठन विभाग प्रमुखमा सचिवालय सदस्य वामदेव गौतम, प्रचार विभाग प्रमुखमा प्रवक्ता श्रेष्ठ, नीति अध्ययन प्रतिष्ठान विभाग प्रमुखमा नेता झलनाथ खनाल र अर्थ तथा योजना विभाग प्रमुखमा सुरेन्द्रप्रसाद पाण्डेलाई जिम्मेवारी दिएको छ ।

उक्त बैठकले सात प्रदेशमा एक–एक सहइञ्चार्ज पनि तोकेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...