www.tandavnews.com
Fact ~ In search of truth

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दुई बर्षदेखि सिटी स्क्यान ठप्प

सेवाग्राही महंगो शुल्कमा उपचार गर्न बाध्य

बिनिता सुनार,
पोखरा / ताण्डव न्यूज ।

पोखरामा रहेको पश्चिमाञ्ल क्षेत्रीय अस्पतालको सिटि स्क्यान मेसिन दुई बर्षदेखि ठप्प भएको छ ।

गण्डकी प्रदेशकै सबैभन्दा ठुलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान पश्चिमाञ्चल क्षेत्रीयअस्पतालमा सिटी स्क्यान मेसिन बिग्रिदाँ सेवाग्राहीहरुले महंगो शुल्कमा बाहिर उपचार गर्न बाध्य भएका छन ।
पोखराकै पुरानो सरकारी अस्पतालको यस्तो समस्याले बिरामीको उपचारमा समेत निकै प्रभाव परेको देखिन्छ । अस्पतालमा रहेको सिटी स्क्यान मेसिन मर्मत हुन नसक्दा दिनहुँ जसो बिरामीहरुलाई फर्काउनु परेको डाक्टरहरुको गुनासो छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकीका मेडिकल प्रमुख तथा कार्मचारी युनियनका अध्यक्ष डाक्टर ढाकाकुमार श्रेष्ठले दुई बर्ष भए पनि अझै सिटी स्क्यान मेसिन र्ममत हुन नसकेको बताए।‘त्यसको लागि हामीले पनि धेरै पटक पहल गरेका छौ,’ उनले भने, ‘मेसिनको लागि प्रशासनले नै बनाउन नचाहेको जस्तो देखिन्छ ।’

‘सिटी स्क्यान गर्न आउने सबै बिरामी अहिले बाहिर जान बाध्य छन, अस्पतालको ठुलो आम्दानीको स्रोत गुमेको छ, ‘मेसिन मर्मत नहुँदा सिटी स्क्यान गर्न बाहिर जाने बिरामीहरुले दोब्बर शुल्क तिर्न बाध्य भएका छन’ श्रेष्ठले भने । ‘हाम्रोमा २ हजार देखि २५ सय रुपैयाँसम्म सिटी स्क्यान गरिन्थ्यो, बाहिर ४ हजार देखि ४५ सय सम्म पर्ने जान्छ, ‘गण्डकी प्रदेशकै पुरानो अस्पतालमा सिटी स्क्यान मेसिन नहँुदा गरिब जनाताहरु मर्कामा परेका छन’ उनले भने ।

‘अस्पतालका अन्य समस्याहरु पनि धेरै छन, तर यो समस्या अहिले सम्म पनि समाधान हुन सकेको छैन उनले भने । इमेरजेन्सी केसमै समेत विरामीलाई सिटी स्क्यान गराउन वाहिर लानुपर्ने बाध्यताले सेवा ग्राहिमा निकै मर्का पर्ने गरेको उनले बताए । उनका अनुसार कतिपय अवस्थामा बिरामीलाई सिटी स्क्यान गराउनु पर्ने भए पनि बाहिर जान नमिल्ने हुँदा अस्पतालमा नै राख्नुपर्ने हुन्छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले सिटी स्क्यानको बिषयमा मन्त्रालयबाट नै प्रक्रिया अगाडी नबढेको हुनाले ढिलो हुन पुगेको बताए । ‘यो सरकारी अस्पताल हो यसको लागि हामीले आफ्नो तरिकाबाट काम गरेर हुदैन,’उनले भने, ‘सिटी स्क्यानको लागि सबै रिपोर्ट तयार छ, तर प्रक्रिया अगाडि बढेको थिएन।

‘हामीले सिटी स्क्यानको लािग सुरुवात देखि नै मन्त्रालयमा दबाव दिएका थियौ, अस्पतालले अन्य समस्याको समाधान त गरिराखेको छ, यो ठुलो रकमको योजनाहो त्यसैले हामीले ल्याउन सकेनौ ’ ‘तर मन्त्रालयबाट नै प्रतिक्रया आउन नसकेपछि काम रोकिएको हो,’ डा. आचार्यले भने ।

‘असारको पहिलो हप्ताबाट मेसिन किन्नको लागि मन्त्रालयले सुनिश्चिता दिएको छ,अब पक्रिया अगाडि बढ्नेछ, ‘मन्त्रालयबाट मेसिनलाई बनाउनु भन्दा नयाँ मेसिन ल्याउनु नै उपयुक्त हुने बताइएको छ’ उनले भने ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...