www.tandavnews.com
Fact ~ In search of truth

प्रेम गर्नेको दिन

प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे हरेक वर्ष १४ फेब्रअरीमा दिन विशेष मनाइन्छ । यो दिनभन्दा चारपाँच दिन अघि देखिनै रोजडे, चक्लेट डे, किस डे लगायतका डे मनाउने गरेको पाइन्छ । युवायुवती माझ निकै लोकप्रिय यस दिन प्रेम र प्रस्तावप्रति विश्वस्त हुनेहरुमा विशेष मानिन्छ ।

तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट आरम्भ भएको भ्यालेन्टाइन डे अहिले विश्वव्यापी मान्यता पाएको छ । प्रेमी–प्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदान प्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रूपमा यस दिनलाई लिइन्छ । पाल्पाको रानीमहल, काठमाडौँको रानीपोखरी पनि प्रेमको प्रतीकका रूपमा लिइन्छ ।

युवायुवतीमात्र होइन, वयस्क जोडी पनि यो विशेष अवसरमा आफ्ना पार्टनरलाई विशेष उपहार दिने र डिनर लैजाने आदि सामान्य बनिसकेको छ । खासगरी सहरीयाजनमा त यो एक प्रकारको संस्कृति नै बन्न थालेको छ । प्रेम दिवस पाश्चात्य संस्कृति भए पनि यो विशेष दिनले दाम्पत्य जीवन वा पार्टनरमा अझ प्रेम, आदर, सम्मान बढाउने उनीहरूको तर्क छ ।

Batas

पश्चिमेली संस्कृतिको रूपमा हेरिँदै आएको यो पर्व बिस्तारै पूर्वीय समाजमा पनि प्रचलित बन्दै गएको छ । युवा पुस्तामाझ यसलाई विशेष अवसरकै रूपमा लिन थालिएको छ । सूचना र प्रविधिले साँघुरिँदै गएको विश्वमा एक ठाउँको संस्कृति वा पर्व विश्वभर नै पुग्ने गर्छ । यसलाई कुनै भौगोलिक सीमामा मात्र सीमित राख्न सकिन्न । प्रेम दिवसकै दिन एक थुङ्गा फूल दिएरमात्र चोखो प्रेम प्राप्त गर्न सकिएला र ?

एउटा बादशाहले प्रेमको प्रतीकका रूपमा ताजमहल बनाए । आफ्नी प्रेमिकाका लागि रोमन सम्राट् एन्टोनीले इजिप्टमा धावा बोलेका थिए । प्रेम प्रसंङमा आज पनि रोमियो–जुलियट, लैला–मजनुका प्रेम प्रसङ्ग चर्चामा रहने गर्छन् । बाबुआमाले आफ्नो सन्तानलाई, त्यही सन्तानले बाबुआमालाई, सच्चा देशभक्तले देशलाई गर्ने प्रेमजस्तो महान् प्रेम अरू के होला ?

पश्चिमेली सांस्कृतिले गर्दा आज हाम्रा पुराना मान्यता, संस्कार र परम्परा खण्डित भइरहेका छन् । आधुनिकता र देखावटीपनको चकचकी बढ्दो छ । त्यसैमध्ये भ्यालेन्टाइन डे पनि एक हो । यो दिनलाई नै गर्लफ्रेन्ड र ब्वाई फ्रेन्ड बनाउने दिन हो भन्ने युवाहरूको जमात ठूलै छ ।

त्यसैले आजका युवा मस्तिष्कले मात्र होइन, मनले पनि यही सोच्छन् र उनीहरू प्रेमका लागि जीवन नै त्याग गर्न पछि पर्दैनन् । जीवनका गोरेटाहरूमा अंकुशभन्दा खुसी, माया र स्वतन्त्रता चाहेका हुन्छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.