www.tandavnews.com
Fact ~ In search of truth

महानगरको नाजायज निर्णय माथि अदालको हस्तक्षेप

पोखरा,
ताण्डव न्यूज ।

व्यवसायीलाई विकल्प नदिई बिनायोजना होडिङबोर्ड हटाउने पोखरा महानगरपालिकाको निर्णयमाथि उच्च अदालत पोखराले हस्तक्षेप गरेको छ ।

महानगरभित्र रहेका होडिङ बोर्ड हटाउने निर्णय विरुद्ध अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको हो । डिजिटल होडिङ बोर्डको नाममा महानगरपालिकाले सहर भित्र रहेको होडिङ बोर्ड च्यातेको थियो । तर राज्यले नै विज्ञापन गर्न प्रतिवन्ध लगाएको मादक पदार्थको विज्ञापन भने हटाएको छैन । व्यवसायीहरुको लाखौ लगानी डुब्ने गरि महानगरले कुनै सोच विनानै कदम चालेको हो ।

Batas

महानगर स्रोतका अनुसार अदालतले अन्तरिम आदेश जारी नगरेको भए विहिबार(आज) डोजर लागएर होडिङ बोर्ड हटाउने तयारीमा महानगर थियो । अदालतनै तगारो बनेपछि महानगरलाई टाउको दुखाई बनेको छ ।
महानगरको निर्णय विरुद्ध परिचय एडभरटाजिङका सोभित बस्यालले उत्प्रेषणयुक्त परमादेश माग गर्दै दायर गरिएको रिटमा अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

बुधबार वरिष्ठ अधिवक्ता यदुनाथ खनाल र अधिवक्ता दामोदर अधिकारीको बहसपछि उच्च अदालतका कामु मुख्य न्यायधीश रामचन्द्र यादवको एकल इजलासबाट विपक्षीका नाममा कारण देखाउ सहित अन्तरिम आदेश जारी गरेको हो ।

कानुनले निषेधित नगरेको व्यवसायीलाई महानगरपालिकाले विचारनै नगरी एक्कासी रोक लगाएपछि महानगरविरुद्ध अदालतमा रिट दायर भएको हो । जसले गर्दा उद्योग धन्दा व्यवसाय गर्ने हक खोसिएको दाबी गरिएको छ । २०७६ सालसम्म काम गर्न पाउने अवधि हुँदा हुँदै लगानी डुब्ने गरी होर्डिङ बोर्ड राखेका घरधनीहरुलाई पत्र पठाएको निवेदनमा जनाएको छ ।

अदालतले दुवै पक्षलाई छलफलको लागि चैत २५ गते बोलाएको छ । पोखराका होडिङ वोर्ड, स्मार्ट प्रतिक्षालय र आइलेण्डमा पनि टेन्टर नभएको महानगरका एक कर्मचारीले बताए । यसको पनि भित्रभित्र विरोध सुरु भएको महानगरका कर्मचारी बताउँछन् । यस अघि होडिङ वोर्डको टेन्डर नखुलाई टिका लगाएर दिने चलन थियो ।

अघिल्लो पटक महानगरपालिकाले उद्योग बाणिज्य संघलाई र सघंले विराटनगरका मनोज चौहानलाई यसरीनै विना टेन्डर होर्डिङ वोर्डको जिम्मा थियो, जुन कुराले ठूलो विरोध उत्पन्न गरेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.