www.tandavnews.com
Fact ~ In search of truth

मालढुंगामा बस दुर्घटना,तीनको घटनास्थलमै मृत्यु

 

पर्वत
ताण्डव न्यूज ।

पर्वतको कुश्मा नगरपालिका वडा नं . १ मालढुंगामा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

Batas

म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्वरको बस विहान साढे ८ बजे दुर्घटना भएको हो । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढि गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृतक तथा घाईतेहरुको सनाखत भने हुन सकिरहेको छैन । अहिले जिल्ला प्रहरी कार्यालय पर्वत र बागलुङको टोलीले घाईतेहरुको उद्धार गरी जिल्ला अस्पताल पर्वत र

धौलागिरि अञ्चल अस्पताल बागलुङतर्फ पठाएको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । विस्तृत बिबरण आउन भने बाँकी रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.