www.tandavnews.com
Fact ~ In search of truth

संगमका एकेडेमीलाई एन्फा उपाध्यक्ष र सहारा हङकङ अध्यक्षको सहयोग

पोखरा ।

पोखरा १३ स्थित संगम यूवा क्लबले संचालन गरेको एकेडेमीका लागि अखिल नेपाल फुटबल संघका उपाध्यक्ष कृष्ण थापा र सहारा क्लब हङकङका अध्यक्ष तथा संगम क्लब हङकङका कार्यकारी सदस्य दिपक गुरुङले ५–५ थान बल हस्तान्तरण गरेका छन ।

संगम क्लबले करिब एक महिना अघिबाट एकेडेमीको सुरुवात गरेको हो । २०६८ सालमा क्षेत्रिय च्याम्पियन बन्दै ‘ए’ डिभिजन फुटबल प्रतियोगितामा सहभागिता जनाइसकेको संगमको शाख पोखरामा निकै राम्रो छ । ‘अब त खेलाडी आफ्नै क्लबले उत्पादन गर्दा राम्रो हुँदो रहेछ’ माया गुरुङ भन्छन–‘त्यही भएर पनि एकेडेमी संचालन गरेका हौं ।’ नेपालको ए डिभिजनमा खेल्ने कास्कीको एक मात्र क्लबनै सङम क्लब हो ।

wardno4

संगमको प्रयासलाई साथ दिन हङकङबाट केही दिनका लागि पारिबारिक काममा नेपाल आएका सहारा हङकङका अध्यक्षले समेत पाँच थान बल हस्तान्तरण गरे । क्लबको यो अभियान निकै प्रशंसनिय रहेको प्रति खुसी हुँदै अध्यक्ष गुरुङले भविष्यमा समेत आफ्नो सहयोग रहने प्रतिवद्धता जनाए ।

Mahanagar add

एकेडेमीमा प्रशिक्षण लिने मध्ये ३० जना मध्ये तिन जना बालिका रहेका छन । प्रशिक्षणमा नियमित आउने आरुषी गुरुङ ९ वर्षकी भइन । उनलाई समेत फुटबल सिक्ने रहर सङम क्लबले पुरा गरिरदिएको छ । आफ्ना दाई हरु फुटबल खेलेको देखेर उनलाई पनि फुटबल सिक्ने मोह जागेको बताउँछीन । आरुषी संगै ८ वर्षकी मेरिना गुरुङ पनि एक महिना देखि सङम यूवा क्लबले सुरु गरेको एकेडेमीमा फुटबल सिक्न आउछिन ।

यति बेला पोखरामा विभिन्न क्लबहरुले फुटबल एकेडेमी संचालनका लागि नयाँ खाका शुरुवात गरेका छन । केहीले शुरुवात गरिसके त कोही तरखरमा । सहारा क्लब पोखराको एकेडेमी भन्ने हो भने नेपालकै चर्चित एकेडेमी मध्येको एक हो ।

पोखरा १३ स्थित सङम यूवा क्लबले एकेडेमीको शुरुवात गरेर नयाँ खुटकिलो चढ्ने प्रयासमा छ । क्लबका निवर्तमान अध्यक्ष तथा एकेडेमीमा प्रशिक्षकको भूमिका निर्वाह गरेका शिव माया गुरुङ भन्छन–‘यो हाम्रो सानो प्रयास बाट शुरु गरेका छौं, सबैको सहयोगको प्रतिक्षामा छौं ।’ ६ वर्ष देखि १४ वर्ष उमेर समुहकाहरु यति बेला एकेडेमीमा ३० जनाले प्रशिक्षण लिइरहेको क्लबका अध्यक्ष राजु गुरुङले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Global Reach