www.tandavnews.com
Fact ~ In search of truth

संविधान प्रतिकूलका कुनै पनि विधेयक स्वीकार्य छैनःकाँग्रेस

काठमाडौं ।

 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद्मा प्रस्तुत केही विधेयकमाथि सांसदले प्रस्तुत गरेको संशोधन प्रस्ताव र समिति एवं उपसमितिमा राखेको फरक मतप्रति सरकार संवेदनशील नभएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

Mahanagar add

कांग्रेस संसदीय दलको कार्यालयले सोमबार एक विज्ञप्तिमार्फत सरकारद्वारा सङ्घीय संसद्मा प्रस्तुत गरी सम्बन्धित विषयगत समितिमा छलफलका क्रममा रहेका ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’, ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लगायतका विधेयकका सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको हो ।

wardno4

नेपालको संविधानको प्रस्तावना, प्रावधान र व्यवस्थालाई उलङ्घन गर्दै संविधान प्रतिकूलका कुनै पनि विधेयक काँग्रेसलाई स्वीकार्य नहुने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । संविधानको व्यवस्था र भावनाको प्रतिकूल हुने गरी प्रस्तुत भएका विधेयकलाई तत्काल सच्चाउन काँग्रेसले माग गरेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...