www.tandavnews.com
Fact ~ In search of truth

सत्याकृतको कार्यक्रम सम्पन्न

पोखरा,
ताण्डव न्यूज ।

महाशिवरात्रीको अवसरमा पोखरामा आयोजना गरिएको सत्याकृत ब्याण्डको सांगीतीक कार्यक्रममा सम्पन्न भएको छ । महाशिवरात्रिको अवसरमा ‘हाम्रो संस्कृति हाम्रो परम्परा राष्ट्रको गौरव पर्यटनको आधार ’भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा  दर्शकको बाक्लो उपस्थिती रहेको थियो ।

हल्लनचोक लेकसाइडमा सञ्चालन भएको कार्यक्रमको प्रत्यक्ष प्रशारण एपीवन टेलिभिजनले गरेको थियो । कार्यक्रम सञ्चालन नेपालका चर्चित हास्य कलाकार सन्दीप क्षेत्रीले गरेका थिए । नेपालको मौलिक परम्परा संस्कृति तथा वैदिक मुल्य मान्यताहरुलाई संरक्षण गर्न र समाजमा शान्ती र सद्भाव कायम गरि नेपाललाई विश्वसामु चिनाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

wardno4

सत्याकृत फाउण्डेसन आफ्ना लागि मात्र नभएर नेपालको परम्परा, संस्कृति तथा वैदिक मुल्य मान्यताहरुलाई संरुक्षण गर्ने र समाजमा शान्ति र सद्भाव कायम गरि विश्वसामु चिनाउने महान उद्धेश्यले स्थापना भएको हो ।
गीत, संगीत लगायत विभिन्न सामाजिक क्रियाकलापद्धारा सम्पुर्ण विश्व समाजलाई नैतिक तथा आत्मीय जागरणको मार्गमा डोर्याउने अठोट र संकल्पका साथ स्थापित यो संस्था २०७३ मा स्थापना भएको हो ।रक म्यूजिकमा विशुद्ध आध्यात्मीक र सात्वीक कार्यक्रम सत्याकृतको विशेषता हो ।

Mahanagar add

नेपालको पहिलो र एकमात्र आध्यात्मिक सांगीतिक ब्याण्ड ‘सत्याकृत ब्याण्ड’ हो । नैतिक मूल्य मान्यतामा आधारित प्रेरणादायी, सकारात्मक भाव सहितका शब्द संयोजन गरि सत्यको गीतहरु पुर्वेली पश्मिेली शैलीका गायनका साथै वाध्यवादनहरुमा समिश्रीत गरेर गीत, भजन बनाएर प्रस्तुत गर्ने काम सत्याकृत ब्याण्डले गरेको छ ।

विगत केही वर्षदेखि यस ब्याण्डले नेपालभित्रका मुख्य सहर धरान, इटहरी, सर्लाही, विराटनगर नारायणगढ, खाडीचौर, चरिकोट, पोखरा दमक लगायत विभिन्न स्थानहरुमा औपचारिक तथा अनौपचारिक प्रस्तुति दिइसकेको छ । भने नेपाल बाहीर दार्जलिङका विभिन्न स्थानहरु, अष्ट्रेलियामा र दुबईमा समेत आफ्नो प्रस्तुति देखाइसकेको छ ।

सम्पुर्ण विश्वमानवमा आत्मिक सकारात्मक प्रेम र शान्तीको उर्जा जागृत गर्ने गराउने हेतुले विभिन्न समुदाय सम्प्रदाय र धर्ममा मान्यता भन्दा माथी उठेर सम्पुर्ण ब्यक्तिहरुलाई प्रेमको धारबाट विश्वशान्तीको लागि अभिप्रेरित गराउने उद्धेश्य सत्याकृत ब्याण्डले बोकेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...