www.tandavnews.com
Fact ~ In search of truth

९ फोटोमा हेर्नुहोस् ! बीस वर्षपछि रजत भित्र्याएका शानहरुलाई पोखराको स्वागत

पोखरा
ताण्डव न्यूज ।

इण्डोनेसियामा सम्पन्न १८ औँं एशियाली खेलकूद एशियाडमा रजत पदक विजेता प्याराग्लाइडिङ टिमलाई आज गण्डकी प्रदेशको राजधानी पोखरामा भव्य स्वागत गरिएको छ ।

Batas

एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत जितेको हो । इण्डोनेसियामा जारी १८औँ संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत हात पारेको हो ।

यसअघि सन् १९९८ मा थाइल्याण्डको बैककमा भएको एशियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई रजत पदक दिलाएकी थिइन् ।

प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीमा पाँच खेलाडी हुन्छन् । नेपाली टोलीमा विमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा थिए ।

खेलाडीलाई पोखरा विमानस्थलबाट नै बाजागाजा साथै नगर परिक्रमा गराइएको छ ।

फोटो : माधव भुसाल/ताण्डव न्यूज

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.