www.tandavnews.com
Fact ~ In search of truth

अधिकांश भु–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ ।

पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

Batas

उनका अनुसार नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले आज र भोलि देशभर मौसम आंशिकदेखि पूर्ण बदली रही मङ्गलबार रातिदेखि बुधबार दिनभरी नै पानी पर्ने सम्भावना रहेको छ । आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा एकछिन घाम लाग्ने र एकछिन बदली हुने भइरहेको मौसमविद् कँडेलले बताए ।

आज मध्याह्नदेखि तीन दिनसम्म देशको मध्य र पूर्वी पहाडी भ–ूभागका एक÷दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस

फाइल तस्बिर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.