www.tandavnews.com
Fact ~ In search of truth

अनिश्चित बन्यो बेनीको बजेट

म्याग्दी,
ताण्डव न्यूज ।

नगरप्रमुख र कार्यपालिका सदस्यहरूको विवादका कारण म्याग्दीको बेनी नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट कहिले आउँछ भन्नेमा अनिश्चित भएको छ ।

स्थानीय तहहरूले असार १० गतेभित्र आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने नीतिगत व्यवस्था भए पनि विवादका कारण नगर सभा नै बस्न सकेको छैन ।गत जेठ ३ गतेको कार्यपालिका बैठकमा नगरप्रमुख हरिकुमार श्रेष्ठ र अन्य कार्यपालिका सदस्यहरूबिच उत्पन्न विवादलाई देखाउँदै नगरप्रमुख श्रेष्ठले नगर सभा नै आह्वान नगरेपछि नगर सभा नै बस्न नसकेको हो ।

Batas

उपप्रमुख सञ्जु बरुवाल र केही जनप्रतिनिधिहरूले नगरपालिकाको आन्तरिक गतिरोधकाबिच पनि कानुनमा व्यवस्था भएबमोजिम असार १० भित्रै नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने माग गरेका थिए ।

नगर सभा बस्न नसकेपछि उपप्रमुख बरुवाल सहित नेकपा सम्बद्ध कार्यपालिकाका सदस्यहरूले पत्रकार सम्मेलन नै गरेर ऐनमा व्यवस्था भए अनुसार, असार १० गतेभित्रमा स्थानीय सरकारको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधानलाई मेयर श्रेष्ठले नीतिगत अधिकारको दुरुपयोग गर्दै नगर सभा आयोजना नगरेको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन ।

आन्तरिक विवादलाई देखाएर समग्र नगरवासीको विकास र समृद्धिको चाहनलाई कुण्ठित पार्ने गरी नगरपालिकालाई बन्धक बनाउनु नगरपालिकाका प्रमुखको गैर जिम्मेवार पनि भएको नागरिक सङ्घ संस्थाहरूले गुनासो गरेका छन ।म्याग्दी उद्योग वाणिज्य सङ्घ लगायतका सङ्घ संस्थाहरूले नगरपालिकाको प्रवेशद्धारामा १० गते नै बजेट ल्याउन र नआउने भए यथार्थ कारण देखाउन माग गर्दै ध्यानाकर्षण ब्यानर टाँस गरेका छन ।

गत जेठ ३ गते बसेको कार्यपालिका बैठकमा शिक्षा, युवा तथा खेलकुद शाखामा कर्मचारी नियुक्त गर्ने विषयमा विवाद भएपछि नेपाली काँग्रेसबाट निर्वाचित नगरप्रमुख श्रेष्ठ र नेकपा सम्बद्ध कार्यपालिका सदस्यहरुका बीचमा विवाद भैरहेको छ ।

नेकपाका बहुमत सदस्यहरुले पूर्व स्रोत व्यक्तिहरु जयराम सुवेदी र मोहन बानियाँलाई कर्मचारीको रुपमा नियुक्त गर्ने निर्णय गरेका छन भने नगरप्रमुख श्रेष्ठले बहुमतको दम्भ देखाएर गरेको निर्णय नमान्ने बताउँदै आएका छन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.