www.tandavnews.com
Fact ~ In search of truth

अनुदान पाउन छुटेका लाभग्राहीमा समेटिने

बागलुङ, 

अनुदान पाउन छुटेका भूकम्प प्रभावित लाभग्राहीको सूचीमा पर्ने भएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले छुटेकालाई समेट्न पुनःसर्वेक्षणको तयारी थालेको छ । “लाभग्राही छुटेका भए हामी समेट्छौँ, प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले भने, कोही पनि अनुदानबाट वञ्चित हुन नपरोस् ।”

उनका अनुसार प्राधिकरणले अन्तिम पटकलाई पुनः जाँच, सर्वेक्षणको मौका दिन लागेको हो । स्थानीय तहको सिफारिश र इञ्जिनीयरको अध्ययनबाट पाउनै पर्ने ठहर भएमा अनुदान दिइने सदस्य श्रेष्ठको भनाइ थियो । उनले ३२ वटै भूकम्प प्रभावित जिल्लाबाट आएका छुटका गुनासो सम्बोधन गरिने बताए ।

“स्थनीय क्षेत्रबाट इञ्जिनीयर काठमाडौँ फर्कदै हुनुहुन्छ” सदस्य श्रेष्ठले भने, “हालसम्मको पुनःनिर्माणको समीक्षा गर्छाै, छुटेकालाई समेट्न पुनःसर्वेक्षण हुन्छ ।” बुधबार बागलुङमा भएको पुनःनिर्माणसम्बन्धी अभिमुखीकरणमा उठेका जिज्ञासाको जवाफ दिँदै उनले सबै भूकम्प प्रभावितलाई सुरक्षित बासको सुनिश्चितता गरिने उल्लेख गरे ।

सदस्य श्रेष्ठले गैर लाभग्राहीले अनुदान लिएको भए त्यसलाई निरुत्साहित गरिने बताए । करिब दश प्रतिशत गैर लाभग्राहीले अनुदान लिएको प्राधिकरणको अनुमान छ । त्यसलाई रोक्न स्थानीय जनप्रतिनिधि र सञ्चार जगत्को सहयोगको अपेक्षा गरिएको छ ।

सबै प्रभावित जिल्लामा गरी लाभग्राहीको सूचीमा पर्न नसकेको भनेर गुनासो गर्नेको सङ्ख्या हजारौँ छ । गुनासो सुनवाइका लागि प्रभावित घरको पुनःसर्वेक्षण गर्न यसअघि नै प्राधिकरणबाट १४ अति प्रभावित जिल्लामा इञ्जिनीयर खटिएका छन् । प्रभावितमा परेका १८ जिल्लामा पनि छिट्टै पुनःसर्वेक्षण गरिनेछ ।  (रासस) 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.