www.tandavnews.com
Fact ~ In search of truth

अन्ततः अञ्जुसँग माफी मागे खतिवडाले

पोखरा
ताण्डव न्यूज ।

अन्ततः युवराज खतिवडाले पोखरा ५ की वडा सदस्य अञ्जु केसीसँग माफी मागेका छन् । कास्की प्रहरी हिरासतमा रहेका खतिवडाले आज (शुक्रबार) आफुले गल्ती गरेको स्वीकार्दे माफी मागेका हुन् ।

खतिवडाले पत्रकार सम्मेलननै आयोजना गरेर वडासदस्य केसीलाई बाटो निर्माण गर्दा घुस मागेको र चावी खोसेको आरोप लगाएका थिए ।

Batas

यता, वडा सदस्य केसीले सबै आरोप निराधार रहेको र खतिवडाले धम्क्याएको भन्दै जिल्ला प्रशासन कार्यालयमा धाक धम्की र गाली बेइज्जती गरेको उजुरी दिएकी थिइन् । भने, कास्की प्रहरीमा जाहेरी दिएकी थिइन् ।

जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले खतिवडालाई हिरासतमा राखेको थियो । प्रहरी कार्यालय स्वयंले भने जाहेरी दर्ता गर्न मानेको थिएन ।

वडा सदस्य केसी र खतिवडाबिच ५ बुँदै सहमति भएको हो । पोखरा ५ सिमाना मार्ग वाँसटारी सडकबाटो निर्माण सम्बन्धमा सोही स्थान निवासी म युवराज खतिवडाबाट जनप्रतिनिधी अञ्जु केसीलाई बाटो निर्माणमा मजदुरसँग रकम मागेको र डोजरको चावी खोसेको भन्ने आरोप आवेशमा लगाउन पुगेको र धम्कीप्र्ण भाषा प्रयोग गरेकोमा अञ्जु केसी वडा सदस्यसँग क्षमा माग्दछु’ सम्झौताको पहिलो बुँदामा भनिएको छ ।
सम्झौता भएसँगै खतिवडा हिरासत मुक्त भएका छन् ।

हेर्नुहाेस् सम्झौता पत्र

सम्बन्धीत न्यूज

खतिवडाविरुद्ध जाहेरी दर्ता गर्न किन डरायो कास्की प्रहरी ?

युवराजलाई छुटाउन कास्कीका नेतादेखि धादिङका सांसदसम्मको दवाव

प्रहरी नियन्त्रणमा खतिवडा

खतिवडाको कर्तुत : गुण्डागर्दी गर्दै पैसा असुली, पत्रकारसँग झुट बोले (भिडियोसहित)

गुण्डासामु झुक्दै, कारवाहीमा चुक्दै : पोखरा महानगर

गुण्डा नाइकेको आडमा अनुमतिबिना तला थप्दै ‘पोखरा सस्तो बजार’

गुण्डा नाइकेको कम्पनीलाई कहिले हुन्छ कारवाही ?

गुण्डा नाइकेको अगाडि लाचार पोखरा महानगर

सस्तो बजारलाई महँगो कारवाही होला त ?

स्थानीय तहको एक वर्ष, मेयरबाट मारिएको आश

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.