www.tandavnews.com
Fact ~ In search of truth

अन्नपुर्ण गाउँपालिकामा खोरेत प्रकोप

 

कास्की ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १, २ र ३ का किसानले पालेका पशुमा खोरेत रोग देखिएको छ ।

मङ्सिर तेस्रो साताबाट फैलिएको रोगबाट हालसम्म पाँच पशु मरेको गाउँपालिकाका पशु शाखा संयोजक ऋषिराम दाहालले जानकारी दिए ।साविक ढिकुरपोखरी गाविसअन्तर्गत सेराचौर, भीरमुनी लाकुरीबोट, सिम्पाली र माझथोकका किसानले पालेका ३० वटा पशुमा रोगको संक्रमण देखिएको दाहालले बताए।

रोग देखिएको क्षेत्रबाट अन्यत्र फैलिन नदिन र रोकथामका लागि एक हजार ८०० पशुमा रोग प्रतिरोधात्मक खोप लगाइएको भनाइ उनको छ । खोरेत खुरफट्टा (गाई, भैँसी, बाख्रा, भेडाजस्ता खुर फाट्ने) जनावरमा जीवाणुको कारणबाट लाग्दछ ।खोरेतको लक्षण देखिएको जनावरमा ज्वरो आउने, मुख र खुट्टामा घाउ हुने, ¥याल काढ्ने र झोक्राउने लक्षण देखिने पशु स्वास्थ्य प्राविधिक बताउँछन् ।

खोरेत फैलिएका क्षेत्रमा रोग पूर्णरूपमा नियन्त्रणमा नआउन्जेलसम्म पशु ओसारप्रसार नगर्न, दूध तथा मासु बिक्री वितरण नगर्न र गोठमा जैविक सुरक्षाका उपाय अवलम्वन गर्न गाउँपालिकाले कृषकसँग आग्रह गरेको छ ।   रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.