www.tandavnews.com
Fact ~ In search of truth

अपरेसन गुण्डा : कोही छाडिए , कोही थुनिए ! कास्की प्रहरीले पक्षपात गरेको आरोप

पोखरा
ताण्डव न्यूज ।

प्रहरी र जिल्ला प्रशासन कार्यालय कास्की यति बेला एउटा फैसलाले गर्दा चर्चामा आएको छ । गुण्डागर्दी, हप्ता अशुली, मिटर व्याज तथा वेटिङ गरेको आधारमा कास्की प्रहरीले असार तेस्रो साता १५ युवालाई पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरुलाई पक्राउ गरेर सार्वजनिक मुद्धा दर्ता गरि अनुसन्धान थाल्यो । प्रहरीले ललित कुमार गुरुङ, चन्द्र गुरुङ, शनिराज डंगोल, सुमन श्रेष्ठ, पुनम गुरुङ प्रकाश गुरुङ, धनकुमार पुर्जा, महेश अर्याल, सुजन लामा, जीवन थापा, विजय गुरुङ, नविन गुरुङ, विजय रानाभाट, रोहित सुनार र विकास गुरुङलाई पक्राउ ग¥यो ।

Batas

एउटै प्रकृतीको घटनामा उनीहरुलाई पक्राउ गरि कास्की प्रहरी असार २४ गते पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक ग¥यो । ‘पक्राउ परेका सबै विरुद्ध गल्ती गरेको प्रमाण छ’ भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओमबहादुर रानाले भनेका थिए ।

सबैलाई एउटै क्याट्योग्रीमा राखेको कास्की प्रहरीले ७ जनालाई पहिलेनै छाडिदिएपछि गुनासो आएको हो । कास्की प्रहरीले पेस गरेको मिसिलको आधारमा सिडिओले फैसला सुनाएर १० जनालाई जेल चलान गरेका हुन् ।

तर उनीहरुसँगै पक्राउ परेका पोखरा–१७ विरौटाका सुजन, पोखरा–१४ काजिपोखरीका जीवन थापा, पोखरा–१४ काजिपोखरीकै विजय, पोखरा–१७ छोरेपाटनका नविन, पोखरा–६ लेकसाइडका विजय, अर्चलबोटका रोहित र बाग्लुङ बस पार्कका विकास गुरुङलाई प्रहरीले छाडिदिएको भनी गुनासो आएको हो ।

हुन त यस पटक कास्की प्रहरीले अन्धाधुन्दा पक्राउ गरेर मुद्दा चलाएको एक प्रहरी स्रोतले बतायो । ‘जेल चलान भएका सबैले गल्ती गरेका थिएनन्,’ स्रोतले भन्यो, ‘केही यतिकै मुछिएका छन् । त्यही भएर उनीहरुको परिवारले पुनरावेदन गर्ने भनेका छन् ।’

गुण्डागर्दी नियन्त्रण गरेको राम्रो काम भएपनि निर्दोषलाई सजाय दिनु आफैंमा अपराध रहेको परिवार स्रोतले बतायो । ‘हो विगतमा गरेको गल्तीको सजाय हाम्रो छोराहरुले पाएको छ,’ उनले भने, ‘अब सुध्ररिएर काम गरेर खान नपाउने ।’

त्यसो हो भने पहिला नाम कहलिएका अरु टोले गुण्डाहरु अहिले व्यवसायी भनेर भाषण दिन्छन, उनीहरुलाई पनि पक्राउ गर्नु प¥यो । नेताको आडमा उनीहरु मजाले हिँड्न पाउने, हाम्रो छोराहरु केही नगर्दा पनि फस्ने कस्तो कानुन हो ?’

स्रोतका अनुसार कास्की प्रहरीका एक अधिकृतले आफ्नो पक्षको गुण्डा च्यापेको आरोप छ । ‘विगतमा जाँड खुवाएर घुम्न लगेकै भरमा केही छुटेका हुन्,’ उनले भने, ‘कुन गुण्डाको कुन पुलिससँग साँठगाँठ छ सबैलाई थाहा छ तर पुलिससँग सबै डराउँछन् ।’

जिल्ला प्रशासन कार्यालय कास्कीले साउन ६ गते फैसला सुनाए । कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीका अनुसार टोले गुण्डा ललित गुरुङ लाई ६ महिना कैद सजाय र पच्चिस हजार जरिवाना तोकियो ।

चन्द्र गुरुङ, धनकुमार पुर्जा, कृष्ण रोकामगर, महेश अर्याल, प्रकाश गुरुङ, शनिराज डंगोल, पुनम गुरुङ, सरोज चापागाईलाई ४र४ महिना कैद सजाय र २५ हजार जरिवाना तोकेको छ भने सुमन श्रेष्ठलाई २ महिना जेल सजाय र २० हजार जरिवाना फैसला तोकियो ।

अनुसन्धान निष्पक्ष छ : प्रवक्ता तथा डिएसपी रवीन्द्रमान गुरुङ

हामीले निष्पक्ष अनुसन्धान गरेका छौ । गुण्डागर्दी, हप्ता अशुली, मिटर व्याज तथा वेटिङ गरेको आरोपमा हामीले १५ जनालाई पक्राउ गरेका थियौ । त्यसपछि हामीले अनुसन्धान अघि बढायौ ।

घटनाको गहिरो अनुसन्धान गर्दा जो जस्ले गल्ती गरे उनीहरुलाई म्याद थप गरि अनुसन्धान अघि बढाइयो । ती मध्ये जो अपराधीक गतिवितिमा संलग्न थिएनन् उनीहरुलाई छाडिदियौ । पक्राउ परेका मध्येबाट ७ जनाको गल्ती थिएन सोही कारण छाडिदियौं ।

हामीले मुद्दा दर्ता गर्न भन्दा अघि पक्राउ पर्नेको विवरण हेर्छौ । कस्तो मान्छे हो ?, पटके हो कि होइन, गल्ती गरेको प्रमाण छ कि छैन सबै हेरेर फाइल अघि बढाउँछौ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.