www.tandavnews.com
Fact ~ In search of truth

अपाङ्गता भएकालाई रेडक्रसको ८ लाख

 

 

दमौली ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँले अपाङ्गता भएका व्यक्तिहरुलाई रु आठ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

Batas

अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनका लागि सहयोग पुर्याउन रेडक्रस सोसाइटीले व्यास नगरपालिका–८ रिस्ती र भानु नगरपालिका–१३ सम्जुरका अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

रिस्तीका ३७ र सम्जुरका ४३ लाई जनही १०÷१० हजारको दरले कूल आठ लाख रुपैयाँ सहयोग प्रदान गरिएको रेडक्रस सोसाइटी जिल्ला सभापति कृष्णहरि वाग्लेले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा सञ्चालित ‘नेपालमा भूकम्प प्रभावित समुदायमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको लागि सशक्तिकरण र समावेशीकरण कार्यक्रम’अन्तर्गत उनीहरुको जीविकोपार्जनका लागि सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग प्रदान गरिएको वाग्लेले बताए ।

रेडक्रस सोसाइटीले जिल्लाको व्यास नगरपालिकाको रिस्ती, भानु नगरपालिकाको सतिस्वाँरा, रिसिङ गाउँपालिकाको कोटदरबार र रानीपोखरीमा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग प्रदान गरिने बताएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.