www.tandavnews.com
Fact ~ In search of truth

अबको २४ घण्टा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको चेतावनी,भोलिबाट कम हुने अनुमान

पोखरा ।

२४ घन्टा देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले आज बिहानै सुचना दिदैँ देशका पुर्व, मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन अनुरोध गरेको हो । वर्षाले पहाडी भेगमा पहिरो जान सक्ने र तराईमा बाढी आउन सक्ने भन्दै अबको २४ घण्टासम्म प्रभावित क्षेत्रका बासिन्दा होशियार रहन महाशाखाले अपिल गरेको छ ।

Batas

अहिले देशका पश्चिम तथा मध्य भूभागमा तथा पूर्वी क्षेत्रका अधिकांश स्थानमा वर्षा भइरहेको मौसम महाशाखाले जनाएको छ ।मौसम पूर्वानुमान महाशाको अनुसार भोलिबाट वर्षा घट्ने सम्भावना रहको छ । भोलिदेखि न्यून चापीय रेखा दक्षिणतर्फ सर्ने सम्भावना रहेकाले वर्षा कम हुने अनुमान महाशाखाको रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.