www.tandavnews.com
Fact ~ In search of truth

अब गण्डकी प्रदेशको आफ्नै विश्व विद्यालय

पोखरा
ताण्डव न्यूज ।
गण्डकी प्रदेश सरकारले आफ्नै विश्व विद्यालय खोल्ने प्रक्रियालाई अघि बढाएको छ । गण्डकी सरकारले तनहुँको बेलचौतारा स्थित भानुभक्त क्याम्पसको एकसय १७५ रोपनी र नजिकै रहेको ३०० रोपनी सार्वजनिक जग्गामा गण्डकी विश्व विद्यालय खोल्नका लागि केन्द्र सरकारसँग जग्गा हस्तान्तरणको माग गरि प्रक्रिया अघि बढाएको हो । यस अघि डा. गणेशनमान गुरुङको नेतृत्वको टोलीले भानुभक्त क्याक्पसमा नै विश्व विद्यालय सञ्चालन गर्न उचित रहेको निर्णय गरेर सरकारलाई प्रतिबेदन बुझाएको थियो ।

उक्त प्रतिबेदनमाथी मन्त्रीपरिषदमा छलफल भइसकेपछि शुक्लागण्डकीको बेलचौतारामा नै गण्डकी प्रदेश विश्व विद्यालय खोल्ने निर्णय गरि जग्गा आफ्नो नाममा गरिदिन केन्द्र सरकारलाई आग्रह गरेको प्रदेशका प्रवत्ता रामशरण बस्नेतले जानकारी दिए ।
सरकारले शुक्रबारको मन्त्री परिषदका बैठक पछि क्याम्पस सञ्चालनको ढाँचा तयार पार्नका लागि मुख्यमन्त्रीका गृह जिल्ला लम्जुङका प्राज्ञिक क्षेत्रका विज्ञ डा.तीर्थबहादुर थापाको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको छ । चार महिना कार्याविधि रहेको समितिको डा. थापा सहित सरकारका पूर्व मुख्य सचिब सोमलाल सुबेदी, डा. लेखनाथ भट्टराई, पूर्णकान्त अधिकारी, कृष्ण राज अधिकारी र सदस्यको रुपमा सामाजिक विकास मन्त्रालयका नवराज शर्मालाई तोकिएको छ ।

‘ठाउँ छनोट देखि हरेक हिसाबले शुक्लागण्डकीमै उपयुक्त हुने प्रतिबेदनमा पनि उल्लेख भएर आयो मन्त्री परिषदमा पनि त्यो छलफलको क्रममा राम्रो नै मानियो,’ भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका प्रवक्ता बस्नेतले भने, ‘केन्द्र सरकारले जग्गा उपलब्ध गराउन खासै बाध अड्चन नगर्ला त्यसैले विश्व विद्यालय यहि बन्छ । हामीले काम छिटो होस भनेर विश्व विद्यालयको कानुनी मस्यौता पनि तयार गरिरहेका छौँ । विश्व विद्यालय खोल्नका लागि चालु आर्थिक वर्षमै सरकाले एक करोड विनियोजन गरेको छ ।

Batas

अहिलेको शिक्षाले हाम्रो माग र अर्थतन्त्र धान्न नसक्ने भएकोले प्रदेशले आफ्नो विश्व विद्यालय खोल्न लागेको मुख्मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । ‘अहिलेको हाम्रो मुख्य सत्रु भनेकै शिक्षा भएको छ,’ उनले भने, ‘डिग्री पढेको छ । यहाँ आवश्यक कामको लागि उपयुक्त छैन । त्यसैले यहाँ आवश्यक रोजगार मुलक र प्रदेशको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव राख्ने पढाई अब खुल्ने विश्व विद्यालयमा हुन्छ ।’

विश्व विद्यालयको प्रक्रिया अघि बढाएको गण्डकी प्रदेश सरकारले प्रदेश स्तरिय नै आयूर्वेद अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ । पोखरा महानगरपालिकाको वडा नम्बर २६ को कन्धनीडाँडामा आयूर्वेद अस्पताल सञ्चालन हुने प्रवक्ता बस्नेतले जानकारी दिए । प्रदेश सरकारले आर्यूवेद अस्पताल सञ्चालन गर्न पोखरा २६ मा रहेको तीनसय छ रोपनी जग्गा प्रदेश सरकारको नाममा गरिदिन केन्द्र सरकारलाई आग्रह गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.