www.tandavnews.com
Fact ~ In search of truth

अब पोखरा-मनाङ सिधा हवाई उडान

पोखरा
ताण्डव न्यूज ।

आन्तरिक भ्रमण वर्ष मनाइरहेको गण्डकी प्रदेश सरकारले प्रदेशको मूख्य पर्यटकीय क्षेत्र मध्येको मनाङमा हवाई उँडान सुरु गरेको छ ।

मनाङमा रहेको हुम्डे विमानस्थलको धावनमार्ग मर्मत लगायतका आधारभूत कुराहरु निर्माण गरेर ६ वर्ष देखि बन्द रहेको हुम्डेमा शुक्रबार परिक्षण उडान भरिएको हो ।

Batas

शुक्रबार परिक्षण उँडान भरिएपनि आगामी असोज १० गते अन्तराष्ट्रिय पर्यटन दिवशको अबसर पारेर नियमीत उँडान हुने प्रदेशका उद्योग, पर्यटन, वन वातावरण मन्त्री विकास लम्सालले जानकारी दिए ।

शुक्रबार भएको परिक्षण उडानमा प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पर्यटन मन्त्री लम्साल, लगायत अन्य ब्यक्तिहरु पोखरा विमानस्थलबाट समिट एयरको जहाज चढेर २५ मिनेको समयमा तीन हजार तीनसय ३० मिटर उचाइको मनाङको हुम्डे पुगेका थिए ।

२०३९ सालमा निर्माण भएको धुले धावन मार्गलाई नागरिक उड्ययन प्राधिकरणले पक्की बनाएपछि अहिले परिक्षण उँडान सफल भएको हो । यस अघि २०७० सालसम्म धुले मैदानबाटै हप्तामा २ पटक उँडान हुने गरेको थियो ।

‘नागरिक उड्ययन प्राधिकरणसँग समन्वय गरेर आज हामी धावनमार्ग बनाएर जहाज ल्याण्ड हुने अबस्थामा आईपुग्यौँ,’ पर्यटन मन्त्री लम्सालले भने, ‘अब पोखराबाट मनाङ उडानका लागि विभिन्न प्याकेजहरु तय गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मनाङ पु¥याउने काम प्रदेश सरकारले गर्छ ।’ विमानस्थलमा अझै धेरै भौतिक पूर्वाधारहरु निर्माण गर्नुपर्ने भएकोले त्यसलाई प्रदेश सरकारले गर्ने उनको भनाई छ । अहिले हुम्डे विमानस्थल नौसय मिटर कालोपत्रे गरेर सजिलै जहाज ल्याण्ड गर्न मिल्ने बनाइएको छ ।

पहाडै पहाडको बिचबाट उडान गर्नुपर्ने भएकोले मनाङ उँडान त्यति सजिलो छैन । मनाङमा हिमपात र पानी परेको समय बाहेक अन्य सामान्य समयमा पनि जोखिम रहेको नागरिक उड्डयन प्राधिकरणका प्रवन्धक एटीसी सूर्यबहादुर खत्रीले बताए ।

प्रदेशको मुख्य आर्थिक समृद्धिको आधार पर्यटन रहेकोले मनाङको पर्यटन विकासको लागि प्रदेश सरकार सधैँ साथमा रहेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

‘अब यहाँ नियमित उडान हुनुपर्छ, पर्यटकीय गतिविधी बढ्नु पर्छ,’ उनले भने, ‘यसको लागि स्थानीय सरका र जनप्रतिनीधिले जिल्ला भित्र र जिल्ला बाहिरका जनप्रतिनिधीहरुलाई सम्पर्क गरी मनाङसँग कसरी जोड्ने भन्ने कार्ययोजना बनाउनुपर्छ । प्रदेश सरकारले के गर्नुपर्छ गर्न तयार छ । हामी उँडानको सुरुको समयमा अनुदान पनि उपलब्ध गराउन तयार छौँ ।’

पोखरा विमानस्थलका सूचना अधिकारी काशी पौडेलका अनुसार मनाङको लागि जोमसोम गएजत्तिकै खर्च लाग्नेछ । उनले तीन हजार रुपैयाँ हाराहारी नै भाडा तय हुने बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.