www.tandavnews.com
Fact ~ In search of truth

अब हुवावेका फोनमा जिमेल र युट्युब नचल्ने

चिनियाँ कम्पनी हुवावेले उत्पादन गर्ने नयाँ मोबाइल सेटहरूमा अब जिमेल, युट्युब, गुगल म्यापजस्ता एप्सहरू नचल्ने भएको छ। ट्रम्प प्रशासनले चिनियाँ कम्पनीमाथि कडाइ गरेका कारण गुगलले हुवावेमाथि आफ्ना उत्पादन प्रयोग गर्न रोक लगाएको हो।

हुवावेले व्यापारका लागि अमेरिकी अनुमति नपाएसम्म यो रोक कायम रहनेछ। यो निर्णयबाट हुवावेका प्रयोगकर्ताहरू मर्कामा पर्नेछन् भने हुवावले पश्चिमा देशहरूमा ठूलो व्यापार घाटा बेहोर्नुपर्नेछ। पुराना सेटहरूमा भने सबै सेवा यथावत रहने बताइएको छ। समाचार तयार पार्दासम्म हुवावेको प्रतिक्रिया आएको छैन।

यद्यपि हुवावेका प्रमुख कार्यकारी रेन जेङफेइले गत शनिबार एक वक्तव्य दिँदै ‘कठिन स्थिति आउनसक्नेबारे आफूहरू सचेत रहेको’ बताएका थिए। हुवावेले यसअघि टेलिफोन अपरेटिङ सिस्टमको कारोबारमा यस्तै समस्याको सामना गरेको थियो। अमेरिकाले हुवावे कम्पनीले चीनको पक्षमा जासुसी गरेको शंका गरेको छ। हुवावेका प्रमुखले कम्पनीलाई चीन सरकारसँग जोडेर नहेर्न अनुरोध गर्दै हुवावे एक स्वायत्त र स्वतन्त्र संस्था भएको दाबी गरेका छन्।एजेन्सी

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.