www.tandavnews.com
Fact ~ In search of truth

अवरुद्ध मध्यमोदीको काम भयो सुचारु

संजय रेग्मी,

पर्वत /ताण्डव न्यूज ।

मजदुर र आयोजनाको बीचमा सहमति भएपछि गएको बुधबारदेखि अबरुद्ध भएको मध्यमोदी जलविद्युत आयोजनाको निर्माण कार्य सूचारु भएको छ ।

आयोजनाको सुरुङ्गमा बिष्फोटनका लागि माटोको लोला भर्ने काममा कार्यरत ५ जना महिला मज्दुरलाई आयोजनाले कामबाट निस्कासन गरेको बिरोध गर्दै मज्दुरले निर्माण कार्य अबरुद्ध गराएका थिए । मज्दुर, स्थानीय जनप्रतिनिधि र आयोजनाबीच भएको वार्तामा निष्कासन गरिएका मजेदुरहरुलाई पुर्नवाहाली गर्ने सहमति भएपछि मजदुरहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।

निस्कासन गरिएका ६ जना महिलालाई पुर्नबहाली गर्ने सहमतिपछि काम सुचारु भएको आयोजना प्रमुख निरञ्जनकुमार राउतले जानकारी दिए ।आयोजनाले सुरुङ्गमा बिष्फोटनको काम सकिएको र निर्माण कार्य अन्तिम चरणमा पुगेका कारण माटोको लोला भर्नु नपर्ने हुँदा करारमा राखिएका कर्मचारी निस्कासन गरेको थियो ।

आयोजना प्रमुख राउतले काम पनि नभएको र गत असार देखि नै तलब निकासा नभएका कारण कामदार घटाउन निस्काषन गर्नुपर्ने अवस्था आएको भएपनि सवै मजदुरहरु आन्दोलनमा उत्रिएपछि पुर्नवाहली गरिएको बताए। मज्दुर आन्दोलनका कारण रोकिएको सुरुङ्ग, पावर हाउस, इन्टेक लगायतका संरचना निर्माण कार्यरोकिएको थियो ।

पर्वतको मोदी गाउँपालिका २ देउपुरमा निर्माण भैरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण औधोगिक घराना चौधरी ग्रुपले निर्माण गरिरहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.