www.tandavnews.com
Fact ~ In search of truth

अष्ट्रेलियामा सम्पन्न दोश्रो सहारा कपको रकम सहारा क्लव पोखरालाई

पोखरा ।

अष्ट्रेलियामा हालै सम्पन्न भएको दोश्रो सहारा कप २०१९ बाट संकलित रकम सहारा क्लव पोखरालाई हस्तान्तरण गरिएको छ । सहारा क्लब अष्ट्रेलियाले सिड्नीमा सम्पन्न गरेको उक्त प्रतियोगिताको फाईनल खेलमा टिकटबाट उठेको ७७ हजार ६ सय १० (९९५ अष्ट्रेलियन डलर) पोखराको सहारा क्लवलाई हिजो (सोमबार) पोखरामा हस्तान्तरण गरिएको हो ।

सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीले सहारा क्लब पोखराका अध्यक्ष केशबबहादुर थापालाई उक्त रकम हस्तान्तरण गरेका हुन् । सहारा क्लब पोखराद्धारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु समेलित सहारा फुटबल एकेडेमीको सहयोगार्थ संकलन गरेको अध्यक्ष थकालीले बताए । उक्त रकम अष्ट्रेलियामा नेपालीहरुले आयोजना गरेको फुटबल प्रतियोगितामा पहिलो पटक टिकटको व्यबसथा गरेको हो ।

अष्ट्रेलिया नेपाली फुटबल एसोसियसन (एन्फा) को सहकार्यमा सहारा क्लब अष्ट्रेलियाले वार्षिक रुपमा आयोजना गर्दै आएको छ । प्रतियोगितामा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको १६ टिम सहभागि रहेका थिए । प्रतियोगितामा सेनजोर्ज नेपेलिज फुटबल टिम प्रथम भएको थियो ।

फाईनल खेलमा नेपेलिजले माछापुच्छ्रे एफ.सी. लाई पराजित गर्दै उपाधि सहित २ हजार डलर हात पार्न सफल भयोे । दोश्रो भएको माछापुच्छ्रे एफ.सी.ले १ हजार डलर नगद पुरस्कार प्राप्त गर्यो।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.