www.tandavnews.com
Fact ~ In search of truth

असोज ४ गते नेप्कम्स् अष्ट्रेलिया एजुकेशन फेयर

पोखरा ।

नेप्कम्स् सर्भिसेजले पोखरामा दुई दिने अष्टे«लिया एजुकेसन फेयर आयोजना गरेको छ । यही असोज ४ गते हुने फेयरमा उच्च शिक्षाका लागि आकर्षण गन्तव्य बनिरहेको अष्ट्रेलिया अध्ययन गर्न जाने सोचमा रहेका विद्यार्थीहरुको हितलाई मध्यनजर गर्दै यो मेलाको आयोजना गरिएको हो ।

प्लस टु, व्याचलर र मास्टर तहको पढाई सकेर अष्ट्रेलियामा अध्ययनका लागि जाने क्रम बढिरहँदा अष्ट्रेलियाका २० भन्दा बढि कलेज विश्वविद्यालयको स्टल रहनेछ । उक्त शैक्षिक मेलामा अष्ट्रेलियाको शैक्षिक अवस्था, विद्यार्थी अभिभावकको जिम्मेवारी, पढाई खर्च र पढ्ने विषय, कलेज तथा विश्वविद्यालयका बारेमा विशेष जानकारी उपलब्ध गराइनेछ ।

Batas

चिप्लेढुङ्गाको डि भिलेज रेष्टुरेण्टमा हुने एक दिने अष्ट्रेलिया एजुकेशन फेयरले उच्च शिच्छा अध्ययनका लागि अष्ट्रेलिया जान चाहेका विद्यार्थी र अभिभावकहरुका लागि राम्रो अवसर उपलब्ध गराउने अपेक्षा लिएका छौं । यस मेलाको बैंकिङ्ग पार्टनर एनएम बि बैंक, आइएलटिस पार्टनरमा आइडिपि एजुकेशन, आइटि पार्टनरमा वर्डप्रेस पोखरा रहेका छन् ।

निशुल्क प्रवेशको व्यवस्था रहेको मेला विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालनमा रहने मेलामा आइएलटिएस रजिस्ट्रेशन को व्यवस्था छ । मेलामा भिजिट गर्ने विद्यार्थीहरुले आफ्नो शैक्षिक प्रमाणपत्रहरुका साथ उपस्थित भएमा छात्रवृतिको लागि समेत प्रोसेसिङ गरिने छ । अभिभावकहरुलाई पर्ने आर्थिक भार कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर परामर्श दिन मेलामा एनएमबि बंैकको उपस्थिति रहने छ ।

साथै मेलामा उपस्थित विद्यार्थीहरुको लागि विभिन्न डिस्काउण्ट कुपन, प्रिभिलेजकार्डको पनि व्यवस्था गरिएको छ । विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने क्रम बढिरहँदा विद्यार्थीसँगै अभिभावकहरुको जिम्मेवारी समेत उत्तिकै हुने हुँदा विद्यार्थी सँगसँगै अभिभावकहरुलाई फलदायी हुनेकुरा नेम्कम्स् पोखराका म्यानेजर सन्तोष शाहीले जानकारी गराए ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको नेम्कम्स् सर्भिसेजको मेलवर्न, फिलिफिन्स, काठमाडौं, पोखरा, धरान र बुटवलमा पनि कार्यलय रहेको छ । पोखरामा सिद्धार्थचोकमा रहेको युनिस्टार एजुकेशन सँग नेप्कम्स् को सहकार्य रहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.