www.tandavnews.com
Fact ~ In search of truth

अस्थायी टहरा जिवनयापनको सहारा

सुशान्त गाहा मगर,
पोखरा /ताण्डव न्यूज ।

पाल्पाको बर्तुङ– बुटवल (सिद्धार्थ राजमार्ग) सडकखण्डको छेउछाउमा लस्करै अस्थायी टहराहरु देखिन्छन । यि सबै टहरा सरकारी जग्गामा बनेका हुन् । सय बढि रहेको यि टहराहरु तानसेन नगरपालिका–८ र तिनाउँ गाउँपालिका –५ मा बनेका छन । गन्तीले १५ दर्जन बढि छन अस्थायी टहरा ।

हरेक दिन यहाँको टहराहरुमा यात्रुहरुको जमघट बढ्दो छ । बुटवलबाट सिद्धार्थ राजमार्ग हुँदै बिभिन्न स्थानको लागि जाने र तानसेनबाट बुटवल लगायतको स्थानमा प्रस्थान गर्ने यात्रुहरुको लागि खाजा खाने उत्कृष्ट स्थान बनेको छ भने पाल्पाका केही मगर परिवारका लागि भने जिविकोपार्जन गर्ने दरिलो माध्यम बनेको छ ।

पाल्पाको ठिमुरे, चरचरे, मरामकोट, मस्याम, डुम्रे, सराई लगायतको ठाउँबाट यि स्थानमा व्यवसाय गर्न झर्ने गरेका व्यवसायीहरु बताउँछन । यि टहराहरु तानसेन नगरपालिका –८, तिनाउँ गाउँपालिका –५ गौडेपुल, जोरधारा, केराबारी लगायतको स्थानमा लस्करै रहेका छन । उनीहरुका अनुसार गाउँपालिकाको जग्गामा टहरा रहेका प्रत्येक घरले वर्षमा ५ सय र नगरपालिका रहेकाले १ हजारको दरले कर तिर्दै आएका छन ।

हरेक टहरामा फरक स्वादका तिन परिकार पाईन्छन । बिशेषतः पाल्पाली परिकार भनेर प्रसिद्ध चुकाउनी, पकौडा पाईन्छन भने मगर समुदायको मुख्य परिकार बटुक (बारा) ले झनै खाजा खाने स्थानको रुपमा विकसित मात्र हैन ब्राण्डिङ नै गरेको छ ।

४ बर्ष मलेसियामा पसिना बगाएका रिब्दिकोट गाउँपालिका –५ ठिमुरेका पुरन मगर नेपाल फर्किएर यहि व्यवसाय गर्दैछन पकौडा, चुकाउनी र बटुक (बारा)को । बिहान व्यवसाय गर्न गौडेपुल आउने र बेलुका घर फर्किने बताउँदै परिवारको साथमा व्यवसाय गरी मनग्य आम्दानी गर्न पाउदा उनी निकै व्यक्त गर्दै मगर भन्छन्, ‘वहाँ हुदा मालिकको अण्डरमा काम गर्नुपथ्र्याे यहाँ आफ्नै परिवारसँग काम गर्न पाईएको छ, जिवन निर्वाह भएको छ । खुशी नै छु ।’

पुरन जस्तै अर्का युवा महिला व्यवसायी हुन चरचरेकी हेमा रानामगर । उनी पनि यही व्यवसायबाट परिवार धान्न सजिलो भएको बताउँदै बैदेशिक रोजगारीको लागि अन्यत्र भौतारिनु नपरेको उनको तर्क छ । सो ठाउँमा मगर समुदायका परिवारले मात्रै व्यावसाय गर्ने गरेको बताउँदै बिहान देखी बेलुकासम्म मात्रै यात्रु व्यापार गर्दै आएको उनी सुनाउँछन । रानामगरले व्यापार गरेको धेरै बर्ष भैसकेको बताउँदै हरेक दिन सरदरमा ५ देखी ६ हजारको व्यापार हुने उनको भनाई छ ।

यस ठाउँमा पर्वको समयमा अझ बढि ग्राहकको घुईचो हुने गरेको छ । कतिपय ग्राहक त बटुक, पकौडा र चुकाउनी खान कै लागि पनि पुग्ने गर्दछन । बुटवलबाट पाल्पा हिँडेका बिरेन्द्र अस्लामी मगर प्राय जसो मेसो मिलेसम्म गौडेपुलको खाजाको स्वाद लिन बिर्सदैनन् । उनी ताजा, स्वच्छ खाजाका परिकार पाईने भएकाले आफ्नो रोजाईमा पर्ने गरेको बताउँछन ।

अस्थायी टहराबाट पाल्पाका केही मगर परिवारको जिविकोपार्जन मात्र भएको छैन । स्थानिय सरकारको अर्थतन्त्रमा थप टेवा समेत पुगेको छ । त्यसैले त्यस्तो प्रकारको व्यवसायलाई सन्तुलित र ब्यवस्थापनमा नीति नै तर्जुमा गर्नुपर्ने आवश्यक देखिन्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.