www.tandavnews.com
Fact ~ In search of truth

आँटा र मस्यौरामा भ्याट लगाएको प्रति उद्योग वाणिज्य महासंघ गण्डकीको आपत्ति

पोखरा ः नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीले आँटा र मस्यौरालगायतका खाद्यबस्तुमा मूल्य अभिबृद्धि कर लगाएकोमा आपत्ति जनाएको छ ।
महासंघका अध्यक्ष संजिबहादुर कोइरालाले अत्यावश्यक खाद्यबस्तु आँटामा भ्याट लगाएर सरकारले आम नागरिकको भान्छा महंगो बनाएको भन्दै सो निर्णय तत्काल खारेज गर्न माग पनि गरेका छन् ।

सरकारले आर्थिक वर्ष २०७६÷०७७ को बजेट वक्तव्यमार्फत आँटामा भ्याट लगाउने निर्णय गरेको थियो । सरकारको यो निर्णयसँगै एक किलोग्राम आँटा ६–७ रुपैयाँ महंगो हुन पुगेको छ ।

अध्यक्ष कोइरालाद्धारा जारी विज्ञप्तिमा चामलपछि दोस्रो खाद्यान्न रहेको आँटामा भ्याट लगाएर सरकारले सामािजक सुरक्षा भत्ता बढाएको घोषणा गर्ने सरकारले के गर्न खोजेको हो भन्ने प्रश्न पनि गरिएको छ । यसैगरी विज्ञप्तिमा आँटाको मूल्य बढाउँदा त्यसबाट बन्ने तथा मित्रराष्ट्र चीनतिर निर्यात हुने सामानहरुको भाउ समेत बढ्दा देशको निर्यात व्यापार नै घट्ने चिन्ता पनि गरिएको छ ।

Batas

‘निर्यातमा विशेष योगदान दिने उद्योगलाई चाहिने कच्चा पदार्थमै मूल्यअभिवृद्धि कर लगाउँदा ती उत्पादनहरुको लागत बढ्न गई प्रतिष्पर्धी क्षमता गुम्नेतर्फ सरकारले कुनै ध्यान नदिएकोमा हामी आश्चर्यचकित भएका छौँ’, विज्ञप्तिमा भनिएको छ,‘आँटामा भ्याट लगाउँदा नेपाली उत्पादन महंगो हुने र त्यसले दक्षिणी नाकाबाट चोरी निकासी बढ्दै यहाँको उत्पादन र उद्योग÷ व्यवसाय नै बन्द हुने खतरा बढेको छ ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.