www.tandavnews.com
Fact ~ In search of truth

आइटिएफ टेनिस : ३५ वर्ष माथिको उपाधि कमल भण्डारीलाई

पोखरा ।

डिफेण्डीङ्ग च्याम्पियन कमल भण्डारीले पोखरामा जारी आइटिएफ सर्किट ४ टेनिस प्रतियोगितामा ३५ वर्ष माथि एकलतर्फको उपाधी जितेका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार (हिजो) भएको फाइनल खेलमा उनले भारतका दिलिप मोहन्तीलाई ६–४ र रिटायर्डहर्टमा पराजित गरे । गत वर्ष आइटिएफ सर्किट ५ को फाइनलमा पनि यि दुई खेलाडी आमने सामने हुँदा कमललेनै बाजि मारेका थिए । जितसंगै कमलले आइटिएफ सर्किटमा ६० अंक जोडेका छन् ।

Batas

एकलतर्फ उप–विजेतामा चित्त बुझाएका मोहन्तीले ३५ वर्ष माथिको डबल्समा भने प्रथम स्थान हाँसिल गर्दै पुरा ६० अंक बटुल्न सफल भए । मोहन्ती र अभिनाश कुँवरको जोडीले भारतकै स्वर्णद्विप सिंहलाई जोडी बनाएका पोखराका धरमबहादुर लामिछानेको जोडीलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गर्दै समान ६०÷६० अंक जोडेका हुन् ।

५५ वर्ष माथिको डबल्स उपाधी भारतका पवन जैन र नेपालका मनोज शमशेर राणाको पोल्टामा गएको छ । राणा जोडीले भारतका अरुण अग्रवाल र भारतकै मुर्थाती सुरेसको जोडीलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गर्दै उपाधीमा आफ्नों नाम लेखाएका हुन् ।

४५ वर्ष माथिको एकल उपाधीका लागि भारतका नारायण मूर्ती कोटयाला वेङ्कटेस र पोखराका अमृत कार्की उपाधीका लागि भिड्ने भएका छन् । मूर्तीले पोखराकै धरमबहादुर लामिछानेलाई ६–३, ६–१ मा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । त्यस्तै पोखरेली खेलाडी कार्कीले प्रताप मोक्तानलाई ६–२ र ७–६ (४) मा पराजित गर्दै मूर्तीसंगको भेट पक्का गरेका हुन् । कार्कीको झण्डै एक दशक लामो टेनिस इतिहाँसमै यो सबैभन्दा ठूलो उपलब्धि हो ।

५५ वर्ष माथिको उपाधीका लागि कमल थापा र कृष्णराज घले आमने सामने हुनेछन् । मंगलबार (हिजो) भएको सेमिफाइनलमा घलेले पोखराका अनिल तुलाचनलाई ६–०, ६–० को सजिलो सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका हुन् ।

प्रतियोगिताका बाँकि फाइनल खेल बुधबार (आज )हुने आयोजक संघका सचिव नविन चालिसेले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.