www.tandavnews.com
Fact ~ In search of truth

आइपिएल क्रिकेट, राजस्तानलाई हराएसँगै सन्दीप लामिछाने आवद्ध दिल्ली शीर्ष स्थानमा

ताण्डव न्युज ।
इण्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटमा दिल्ली क्यापिटल्सले लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ। गएराति भएको खेलमा राजस्थान रोयललाई छ विकेटले पराजित गरेसँगै दिल्लीले एक नम्वरमा स्थान बनाउन सफल भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले दिएको १९२ रनको लक्ष्य दिल्लीले १९।२ बलमामा मात्र चार विकेट गुमाएर पुरा गरेको हो। दिल्लीको जितमा ऋषब पन्त र शिखर धवनले अर्धशतकीय पारी खेले। अविजित रहेका ऋषबले ७८ रनको योगदान दिए। त्यस्तै धवनले ५४ रन जोडे पृथ्वी शाँले ४२ रन बनाए । यसअघि राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको थियो राजस्थानका लागि अजिंका रहानेले १०५ रनको शतकीय पारी खेलेका थिए ।

अविजित रहेका रहानेले ६३ बलमा ११ चौका र ३ छक्का प्रहार गरेका थिए। यस्तै कप्तान स्टिभ स्मिथले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा स्टुवार्ड बिनीले १९ रन बनाए। दिल्लीका कागीसो राबडाले २ विकेट लिए। यस्तै इशान शर्मा,क्रिस मोरिस र अक्षर पटेलले १।१ विकेट लिए

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.