www.tandavnews.com
Fact ~ In search of truth

आइपीएलको खतरनाक खेलाडीको सूचीमा सन्दीप लामिछाने

पोखरा ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले १९ वर्ष मुनिकै उमेरमा इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने ८ प्रभावशाली खेलाडीको सूची सार्वजनिक गरेको छ । आईसीसीले सार्वजनिक गरेको सूचीमा नेपाली क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने पनि अटाएका हुन् ।

आईसीसीको सूचिमा प्रभावशाली खेलाडीका रुपमा दर्ज भएका सन्दीप दिल्ली क्यापिटलबाट दोस्रो पटक आईपीएल खेल्दैछन् । आईसीसीले हरेक वर्ष आईपीएल शुरु हुनु अगाडि ‘प्लेयर्स टु वाच’ भन्दै युवा खेलाडीको सूची सार्वजनिक गर्दै आएको छ ।

घरेलु तथा अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका र आईपीएल खेल्ने खेलाडीहरु सूचीमा समावेश गरिएका छन् । आईपीएल ट्वान्टी—२० फ्रेन्चाईज प्रतियोगितामा सर्वा्धिक लोकप्रिय प्रतियोगिता हो । यहाँ हरेक सिजनमा कसैले न कसैले आफ्ना नयाँ प्रसंशक पाउने गरेका छन् । २०१८ मा पहिलो पटक आईपीएल खेल्ने नेपाली खेलाडी बन्दै प्रसंशा बटुलेका सन्दीप यो सिजनमा आईसीसीको प्लेयर्स टु वाचमा अटाएका हुन् ।

सूचिमा सन्दीपसँगै सुहवमन गिल (कल्कत्ता नाइट राइडर्स), सिमरन हातमेयर (रोयल च्यालेन्जर्स ब्याङ्लुरु), साम कुरान (किङ्स ११ पञ्जाव) रहेका छन् । यस्तै, लुङ्गी एङ्गिडि (चेन्नाई सुपर किङ्स), मायाङ्क मर्कन्डे (मुम्बई इन्डियन्स), विजय शंकर (सन्राइजर्स हैदरावाद), आसोन थोमस (राजस्थान रोयल्स) छन् ।

आईसीसीको युवा स्टारको सूचीमा ३ भारतीय खेलाडी अटाएका छन् भने ५ जना विदेशी कोटाका खेलाडी रहेका छन् ।

आईपीएलका लागि दिल्लीले रिटेन गरेका १४ जनामध्येका सन्दीपले यो वर्ष पनि ३२ लाख रुपौयाँमा खेल्नेछन् । जुन आईपीएलको न्युनतम आधार मूल्य हो । शनिबारबाट शुरु हुन लागेको आईपीएलमा सन्दीपको टोलीले आफ्नो पहिलो खेल आउँदो आइतबार मुम्बई इन्डियन्सविरुद्ध खेल्नेछ । एजेन्सी

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.