www.tandavnews.com
Fact ~ In search of truth

आगलागीपीडितलाई काँग्रेसको ५१ हजार

गलेश्वर ।

म्याग्दीको मङ्गला गाउँपालिका–४ थर्पुका आगलागीपीडितलाई नेपाली काँग्रेस म्याग्दीले लत्ताकपडासहित ५१ हजार सहयोग गरेको छ ।

गत पुस २२ गते विद्युत् चुहिएर आगलागी हँुदा थर्पुका लालबहादुर रोकाको घर जलेर नष्ट भएको थियो । पार्टीले सङ्कलन गरेको सो सहयोग रकम मङ्गलबार पार्टीको जिल्ला सभापति खम्बीर गर्बुजाले पीडित रोकाकालाई हस्तान्तरण गरे । म्याग्दी काग्रेसले पीडितलाई न्यानो कपडा र खाद्यान्नसमेत सहयोग गरेको छ ।

सभापति गर्बुजाले यही माघ ११ गते हिमपात हुँदा बरङ्जामा ३२ बिजुलीको खम्बा भाँचिएपछि पाँच दिनदेखि स्थानीयवासी अँध्यारोमा बस्नुपरेकोप्रति ध्यानाकर्षण गराएका थिए। सहयोग हस्तान्तरण कार्यक्रममा पार्टीका जिल्ला सचिव मीनबहादुर कार्की, प्रवक्ता अजयमिलन श्रेष्ठ, सदस्य केबी भण्डारी, महिला सङ्घकी अध्यक्ष बिमला गौचनलगायतको सहभागिता रहेको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.