www.tandavnews.com
Fact ~ In search of truth

आगलागीबाट १३ लाखको क्षति

बेनी ।

म्याग्दी सदरमुकाम बेनीमा एक घरमा आगलागी हुँदा करीब १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । बेनीको न्यूरोडस्थित विक्रम विकको चार तले घरको माथिल्लो तलामा रहेको कोठामा शुक्रबार बिहान आगलागी हुँदा १२ लाख ८५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ब्लकले बनाएको माथिल्लो तलाको कोठामा आगलागी हुँदा नगद २ लाख ७० हजार रुपैयाँ सहित महत्वपूर्ण सामानहरु जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक विर बहादुर बुढामगरले जानकारी दिए । प्रारम्भिक अनुसन्धानको क्रममा विद्युत सर्ट भएर आगलागी भएको देखिएको प्रहरीले जनाएको छ ।

विहान करिब ८ बजे कोठाबाट धुवाँको मुस्लो निस्किएपछि आगलागी भएको थाहा पाएको घरधनी विकले बताए । आगलागीमा तीन थान मोवाइल, गरगहना समेत जलेको बताइएको छ । स्थानीयबासी र प्रहरीको सहयोगमा करिब ४५ मिनेटको निरन्तर प्रयासपछि आगलागीलाई नियन्त्रणमा लिईएको थियो । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.