www.tandavnews.com
Fact ~ In search of truth

आगलागी पिडित प्रेमलाई एम आर .आर.आरको सहयोग

पोखरा ।

फेसबुक ग्रुप एम आर.आर.आरले आगलागी पिडित परिवारलाई सहयोग गरेको छ ।

एम आर.आर.आरले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा मादि गाउँपालिका –७ स्थित प्रेम बहादुर क्षेत्रीलाई आर्थिक सहयोग गरेको हो ।दशैंको टिकाको दिनमा आगलागी भई पुर्णरुपमा क्षति भएको घरको पुर्नस्थापनाको लागि मेन्स रुम रिलोडेडका जापान नागोयामा रहेका सदस्यहरुले जम्मा गरेको रकम २७ हजार ५ सय ७४ पोखरामा रहेका मेन्स रुम रिलोडेडका सदस्यहरूले पिडितलाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।

उक्त रकम मादि गाउँपालिका ७ छाचोकका वडा सदस्य नारायण प्रसाद सापकोटाको रोहबरमा समुहका पोखरा प्रतिनिधि सुवाष शर्मा लगायत पोखराका सदस्यहरुले पिडितलाई हस्तान्तरण गरेका हुन् ‌।कार्यक्रममा बोल्दै शर्माले सबैको सहयोगबाट पोखरामा फेरि सामाजिक कार्य गर्न सम्भव भएको बताए ।

उनले सहयोगी सबैलाई आभार व्यक्त गर्दै यो कार्यमा खटिने जापान स्थित एमआरआर का मेम्बरहरु धन्यवादको पात्र भएको बताए ।युवामाझ चर्चित फेसबुक समुह मेन्स रुम रिलोडेड ९एमआरआर० ले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.