www.tandavnews.com
Fact ~ In search of truth

आगो नियन्त्रण गर्न नसक्दा घर जलेर नष्ट

संजय रेग्मी
पर्वत /ताण्डव न्यूज ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा शुक्रबार दिउँसो भएको आगोलागीबाट एक घर जलेर नष्ट भएको छ ।

घारको तोपेचौर स्थित भुपेन्द्रबहादुर खड्काको एक तले पाँच कोठे घरमा आगोलागी हुँदा जलेर पूर्णरुपमा क्षति भएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिए । अन्नपूर्ण चक्रीय पदमार्गको भुरुङ्ग तातोपानी–घोडेपानी खण्डमा पर्ने उक्त घरमा खड्काले एक्सीलेन्ट भ्यु लज एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।

सिलीण्डरबाट ग्याँस चुहावट भएर आगोलागी भएको अनुमान गरिएको घार प्रहरी चौकीले जनाएको छ । प्रहरी र स्थानीयबासीले आगोलागी नियन्त्रणमा लिने प्रयास गरेपनि सफल हुन नसक्दा घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

आगो निभाउने र घरभित्रका सामग्री निकाल्न खोज्दा स्थानीय भक्तबहादुर खड्का सामान्य घाइते भएका छन । आगोलागीबाट बीस लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको पनि वडाध्यक्ष बरुवालले बताए ।

घरभित्र रहेका फर्निचर, लत्ताकपडा, अन्नपात लगायत सबै सामग्रीहरु जलेर नष्ट भएका छन् । पिडित खड्काको परिवारलाई आफन्तकोमा आश्रय लिएर बस्ने व्यवस्था मिलाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.